२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

महत्वपूर्ण विषयमा प्रमुख प्रतिपक्षी दललाई निषेध गर्न खोजेकोमा देउवासँग ओलीको आपत्ति



काठमाडौं । निर्वाचनको मिति घोषणा, बेपत्ता पारिएका व्यक्ति तथा सत्यनिरुपण आयोग, नागरिकता विधेयकलगायतका विषयमा वर्तमान गठबन्धन सरकारले प्रमुख प्रतिपक्षी दल एमालेसँग कुनै सरसल्लाह गरेन ।

एक वर्षअघिको नेकपाको विवाद, एमाले विभाजन, तत्कालीन ओली सरकारको परिवर्तनले सत्तापक्ष र प्रतिपक्ष संवादहीन अवस्थामा थिए ।

नेपाली कांग्रेस उदारवादी भए पनि यसपटक माओवादी केन्द्र र एकीकृत समाजवादीका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले समेत एमालेसँग निरन्तर संवाद गर्न चाहेन । तर, पनि प्रधानमन्त्री देउवाले आफू निकट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री बालकृष्ण खाँणलाई बालकोटमा एमाले अध्यक्ष केपी ओलीसँग छलफलका लागि पठाइरहे ।

ओलीमा प्रधानमन्त्रीबाट हट्नुपरेको रिस शान्त नभइसकेकाले पनि सत्तापक्षले प्रमुख विषयमा प्रतिपक्षसँग संवाद गर्न चाहेन । प्रधानमन्त्री देउवा आफैं बालकोट पुगे । त्यसपछि मात्र ओली प्रधानमन्त्रीबाट हटेको आठ महिनापछि बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरे ।

तर, त्यसपछि प्रमुख प्रतिपक्ष र सरकारबीच एउटै टेबुलमा बसेर कुराकानी गरेनन् । जसले गर्दा स्थानीय तहको निर्वाचन, नागरिकता विधेयक, निर्वाचनको मिति घोषणा, बेपत्ता पारिएका व्यक्ति तथा सत्यनिरुपण आयोगसम्बन्धी विधेयकबारे एमालेसँग सरकारले कुनै छलफल गरेन । मुलुकका जल्दाबल्दा र दीर्घकालीन महत्वका विषयमा भाग लिन छुटेपछि बल्ल एमालेले सरकारले प्रमुख प्रतिपक्षलाई निषेध गर्न खोजेको महसुस गर्यो । त्यसलगत्तै बुधबार बिहान एमाले अध्यक्ष केपी ओली पार्टीका उपाध्यक्षद्वय सुवासचन्द्र नेम्बाङ र विष्णु पौडेललाई लिएर बालुवाटार पुगे ।

ओली करिब डेढ घन्टा बालुवाटारमा प्रधानमन्त्री देउवासँग छलफल सकेर फर्किए । भेटमा सत्तापक्षबाट देउवासँगै सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की थिए ।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग संवादहीनताको अवस्था रहे पनि सरकारले सबैलाई विश्वासमा लिएर निर्वाचनमा जान चाहेको बताएका थिए ।

एमाले अध्यक्ष ओलीले निर्वाचन घोषणा र नागरिकता विधेयक संसदबाट पारित गराउने वेला सरकारले प्रमुख प्रतिपक्षी दललाई पूरै बेवास्ता गरेको भन्दै आपत्ति जनाएका थिए । उनले सरकार एक्लै हिँडेर ठीक ठाउँमा पुग्न नसकिने धारणा व्यक्त गरेका थिए । राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमा सरकारले एमालेसँग कुनै छलफल नगरी प्रतिनिधिसभाबाट बहुमतका आधारमा पास गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

संसदमा नागरिकता विधेयक पेस हुने दिन ओली गृहजिल्ला झापा पुगेका थिए । स्रोतका अनुसार आगामी निर्वाचनसम्म नागरिकता विधेयक यथास्थितिमा राख्न ओलीले देउवासँग आग्रह गरेका थिए । देउवाले यो प्रस्ताव गठबन्धन दलका नेताहरूसमक्ष राख्ने बताएका थिए ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ४ : ०६ बजे

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख

चाडपर्वपछि सरकारविरुद्ध ठूलो आन्दोलनको तयारी भैरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले