३ मंसिर २०८२, बुधबार | November 19, 2025

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु



भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा दुर्घटनाहुँदा एक जनाको घटनास्थलमै र अर्का एकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।

प्रहरी निरीक्षक राईका अनुसार आमचोक गाउँपालिका-१० निवासी २७ वर्षीया रुना राईको घटनास्थलमा र शान्ति राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बलेरोमा चौध यात्रु रहेका थिए भने गम्भीर घाइतेलाई थप उपचारका लागि धरान पठाइएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  २ : १९ बजे

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा

ताप्लेजुङ तेम्बा बजारको आगलागीबाट एक करोड १८ लाखबढीको क्षति

फुङ्लिङ । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड

५ वटा ज्यानमार्ने उद्योगसहित ६ मुद्दामा फरार सरोजविक्रम विष्ट (समिर)पक्राउ

नेपालगन्ज । बाँकेमा ५ वटा ज्यान मार्ने उद्योग र एक

समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्ट नियुक्त

काठमाडौ । सरकारले समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्टलाई

बाराको सिमरामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप, कर्फ्यू लगाइयो

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत