२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नक्खु कारागारका कैदी शिक्षण अस्पतालबाट फरार



काठमाडौं । ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदी बुधबार त्रिवि शिक्षण अस्पतालबाट फरार भएका छन् ।

शिक्षण अस्पतालमा आँखा जाँचका लागि लगिएका कैदी बुधबार दिउँसो करिव सवा ४ बजेतिर फरार भएका हुन् । फरार हुनेमा रामेछापका भोला बुढाथोकी रहेका छन् ।

नक्खु कारागारका प्रमुख सुवासकुमार लामिछानेले अस्पतालबाटै कैदी फरार भएको बताए ।

झुसेली कीरा परेर आँखामा समस्या देखिएपछि उनको पहिले देखिनै उपचार हुँदै आएको थियो । फलोअपको लागि आज अस्पताल लग्दा उनी भागेका हुन् ।

उनको एक हातमा हतकडी रहेको थियो । उपचारको लागि कैदीबन्दीको एउटा हतकडी खोल्ने गरिन्छ ।

कर्तव्य ज्यानको मुद्दामा कैद भुक्तान गरिरहेका बुढाथोकीलाई २०७२ सालमा नक्खु कारागार ल्याइएको थियो ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ७ : ५९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल