काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अवैध संरचना भत्काउन थालेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कदममा समर्थन जनाएका छन् ।
सामाजिक संजाल ट्विटरमार्फत अध्यक्ष थापाले अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा सुन्दर र स्वच्छ बनाउने काठमाडौं महानगरका मेयर साहको प्रयास प्रशंसनीय भएको बताएका हुन् ।
उनले तत्काल केही असुविधा भए पनि यसले दीर्घकालमा सबैलाई फाइदा हुने भन्दै यस कार्यमा सबैले सहयोग गर्नुपर्ने पनि बताएका छन् ।
अन्डरग्राउन्ड पार्किङका लागि बनाएका संरचनाहरु व्यापारिक प्रयोजनमा ल्याएको भन्दै काठमाडौं महानगरपालिकाले घर–टहरा भत्काउने अभियान सञ्चालन गरेकाे छ ।
https://twitter.com/KTnepal/status/1562615771636723713?s=20&t=L5C1BCif2HZmV28j_6zmcw


















प्रतिक्रिया