२० माघ २०८२, मंगलबार | February 3, 2026

अल्फाबिटाको अवैध संरचनामा अन्तत: चल्यो डोजर



काठमाडौं । भवनको पार्किङमा नक्शा पास विपरित अवैध संरचना बनाएर भाडा असुलिरहेको नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

महानगरप्रमुख बालेन्द्र शाहसँग अल्फाबिटाका संचालकले भवन मापदण्डअनुसार रहेको दाबी गर्दै शाहलाई डन नबन्न चेतावनी दिएको केही घण्टाभित्रै महानगरपालिकाले डोजर चलाएको हो । भवनको नक्शा र डोजर लिएर संरचना भत्काउन शाह स्वयं उपस्थित भएका थिए ।

अल्फाबिटाले भवनको भुईतल्लालाई पार्किङ भनेर नक्शा पास गराएपनि त्यहाँ फार्मेसी संचालन गरेर भाडा असुलिरहेको थियो । पार्किङ भने पैदल यात्रु हिँड्ने सडकपेटीा गराएको थियो ।

मेयर शाहले अवैध संरचना हटाउन निर्देशन दिएपनि अटेर गरेका अल्फाबिटाका संचालकहरुले नक्शा र डोजरसहित महानगरका प्रतिनिधिहरु पुगेपछि गल्ती स्वीकार गर्दै संरचना नभत्काउन र केही समय दिन आग्रह गरेका थिए । तर, महानगरको टोलीले उनीहरुको आग्रह अस्वीकार गर्दै फार्मेसी खाली गर्न लगाएर भत्काएरै छोडेको छ ।

अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना भत्काएर आफूले के बिराएँ भन्दै बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

अल्फाबिटा कम्प्लेक्सका प्रतिनिधिले नक्सा मागेपछि आफू नक्सासहित पुगेर बनेका अवैध संरचना भत्काएको भन्दै बालेनले भने, ‘ उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?

अवैध संरचना भत्काउन सबैलाई आग्रह गरेका बालेनले लेखेका छन्, ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैँ बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइ दिनुहोला ।’

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ४ : २० बजे

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २