१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

भारतीय सेनाको ‘अग्निपथ’ योजना नेपालमा अल्पकालका लागि स्थगित, स्थायीरुपमा बन्द गर्नुपर्ने माग



बुटवल । नेपालले अनिक्षा व्यक्त गर्दा गर्दै पनि भारतले भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती गर्ने कार्य नरोक्ने संकेत गरेपछि सो योजनामा तत्काल भर्ती नगर्न नेपाल सरकारले भारतलाई पुनः आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेका हुन् । यससँगै आजैबाट सुरू हुने भनिएको भर्ती प्रक्रिया रोकिएको छ । तर भारतले भने यहि योजनाबाटै नेपाली युवाको गोर्खा भर्ती गराउने बताएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता आनन्दिराम बाग्चीले अग्निपथ योजनामै नेपाली युवालाई भर्ती गरिने स्पष्ट पारेका छन् ।

अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भर्ती गर्न भारतीय सेनाले बिहीबार रुपन्देहीको बुटवलमा र भदौ १६ गते धरानमा प्रारम्भिक छनौट प्रक्रिया सुरु गर्ने योजना सार्वजनिक गरेपछि परराष्ट्र मन्त्री खड्काले राजदूतलाई बोलाएर छनौट रोक्न आग्रह गरेका थिए ।

नेपालको आग्रपछि हाललाई भारतले तत्काल भर्ती योजना स्थगित गरेपनि अग्निपथ योजनामा सहमति गर्न नेपाललाई दवाव जारी राखेको छ । सन १९४८ को त्रिपक्षीय सन्धि अनुसार गोरखा भर्ती केन्द्र मार्फत भारतले नेपाली युवाहरु भारतीय सेनामा लगेपनि नेपालमा विशेष गरी वामपन्थी शक्तिहरुले अहिले पनि गोरखा भर्तीको विरोध गर्दै आएका छन् ।

गोरखा भर्ती योजनामा कम्तीमा १६ वर्ष जागिर र पेन्सनको व्यवस्था भएपनि अग्निपथ भने ४ वर्षे योजना हो । यो योजनामा ४ वर्षका लागि सेनामा भर्ती गर्ने र ४ वर्षपछि २५ प्रतिशतलाई भारतीय सेनामा गाभेर बाँकीलाई ११ लाख भारतीय रूपैयाँ निश्चित रकम दिएर बिदा गर्ने प्रस्ताव गरिएको छ ।

भारतमै चरम विवादित बनेको अग्निपथ योजनाबारे नेपालका सबै दलको एकीकृत धारणा बनाउनुपर्ने भन्दै मन्त्री खड्काले त्यतिन्जेल भर्ती रोक्न राजदूत समक्ष आग्रह गरेका थिए । अग्निपथ योजनाका बिषयमा छलफल गर्न आज बोलाईएको संसदीय समितिको बैठक कोरम नपुगेर स्थगित भएको थियो ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ९ : ५५ बजे

दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । काठमाडौंबाट दोलखाको लाप्चातर्फ उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै