३१ असार २०८३, बुधबार | July 15, 2026

‘अग्निपथ भर्ती’बारे तत्काल कुनै वार्ता र छलफल हुँदैन : परराष्ट्र मन्त्रालय



काठमाडौं । भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोरखा सैनिकको भर्तीसम्बन्धी निर्णय तत्कालै नहुने परराष्ट्र मन्त्रालयले प्रष्ट पारेको छ ।

मन्त्रालयमा आयोजिति नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता सेवा लम्सालले अहिले यस विषयलाई थाती राखिएको जनाउँदै नयाँ सरकार आएपछि नै कुनै निर्णय हुने बताइन् ।

भारतीय सेनाध्यक्ष मनोज पाण्डेले हालैमात्र अग्निपथमा नेपाली युवा भर्ती नभए अहिलेका लागि त्यो कोटा अरुलाई नै दिने बताएका थिए । प्रवक्ता लम्सालले अग्निपथबारे नेपालको प्रष्ट धारणा रहेकोबताउँदै तत्काल यसबारे छलफल र वार्ता अघि नबढ्ने स्पष्ट पारेकी हुन् । तर लम्सालले भनिन, ‘यसबारेमा यो गरौँ त्यो गरौँ भन्नुभन्दा पनि नवनिर्वाचित सरकारले नै सबै राजनीतिक दलहरूसँग कुरा गरेर यस विषयलाई अगाडि बढाउँदा नै उपयुक्त हुन्छ भन्ने हो ।’

भारतले चार वर्षे सैनिक सेवाअवधि मात्र रहेको अग्निपथ कार्यक्रमअन्तर्गत नैगोरखा सैनिक भर्ती पनि समावेश गरेपछि नेपालमा त्यसबारे चर्चा सुरु भएको थियो । तर, अग्निपथको विरोधमा भने भारतमा पहिलेदेखि नै युवाले हिंसात्मक प्रदर्शन समेत गरेका थिए । यो योजना विवादित भएपछि गत भदौ ९ गते बुटवल र १६ गते धरानमा गर्ने भनिएको भर्ती प्रक्रिया स्थगित भएको थियो ।

अग्निपथमा भर्ती भएका युवालाई चारवर्ष सम्म भारतीय सेनामा काम लगाएपछि त्यहाँबाट २५ प्रतिशतलाई मात्र नियमित सेनामा राख्ने र ७५ प्रतिशतलाई ११ लाख भारतीय रुपैयाँ सहित घर पठाउने भारत सरकारको योजना रहेको छ ।

 

 

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  २ : ४३ बजे

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा

सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-५ बागखोरका पहिरो विस्थापित