१६ माघ २०८२, शुक्रबार | January 30, 2026

बिक्री भएनन् बङ्गुरका पाठापाठी



तेह्रथुम । तेह्रथुमको ग्रामीण क्षेत्रमा छ महिनादेखि बङ्गुरका पाठापाठी बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । ती क्षेत्रका विभिन्न जनजाति समुदायले घर खर्च टार्न बङ्गुर पालन र बिक्री गर्दै आएका छन् ।

कोरोना माहामारीका बेला पनि राम्रो मूल्यमा बङ्गुरका पाठापाठी बिक्री गर्दै आएका किसानले छ महिनादेखि बङ्गुरका पाठापाठी नै बिक्री हुन छाडेको छ । छथर गाउँपालिका-५ की चन्द्रकला विश्वकर्माले भन्नुभयो “घरमा अहिले एक दर्जनभन्दा बढी बङ्गुरका पाठापाठी छन् । ती बिक्री नहुँदा घर चलाउन मुस्किल परेको छ । पाठापाठी बिक्रीबाटै घर खर्चको जोहो हुन्थ्यो । ”

गाउँबाट पाठापाठी बेच्न शुक्रबारे बजारमा दुई पटक पु¥याउँदा पनि बिक्री नभएको उनको भनाइ छ । बङ्गुरको पाठापाठी बिक्रीबाट मात्रै उहाँले एक सिजनमा रु ३० देखि ४० हजारसम्म आम्दानी गर्दै आएका थिए । “यसपालि एउटा माउले १० पाठापाठी पाएको थियो । रु ३०–३५ हजार आम्दानी हुन्छ भन्ने आशा थियो”, उन भने, “यो पटक त पाठापाठी नै बिक्री नै भएनन् ।” अघिल्लो सिजनमा रु चार हजारमा बिक्री भएका पाठापाठी यसपटक रु १५ सयमा पनि बिक्री नभएको उनको दुःखेसो छ ।

स्थानीयवासी लक्ष्मी लिम्बूले पनि पाठापाठी बिक्री गर्न बजारसम्म ल्याउँदा पनि बिक्री नभएको गुनासो गरे । “पोहोरसम्म त व्यापारीले घरबाटै राम्रो दाम दिएर लान्थेँ तर, यसपालि त व्यापारी नै आएनन्”, उनले भने ।

उनीहरुको मात्र यो समस्या होइन, छथरका अधिकांश जनजाति समुदायले बङ्गुर पाल्ने गरेका छन् । यहाँका पाठापाठी छिमेकी धनकुटा जिल्लाका साथै पूर्वी तराईका जिल्लामा निर्यात हुने गरेका छन् ।

विगतमा बजार राम्रो हुँदा बङ्गुर खरिद गरी राजधानीलगायतका व्यापारीले गाउँबाटै लैजाने गरेका थिए । व्यवसायीले उन्नत जातका योर्कसायर, हेमसायर, पाख्रीबास कालो बङ्गुर तथा स्थानीय रैथाने जातका बङ्गुर पाल्ने गरेका छन् ।

स्थानीय सरकारले बङ्गुर व्यवसायीलाई अनुदान दिँदै आएको छ । युवाको आकर्षण बङ्गुरपालनमा भए पनि बजार अभावका कारण उनीहरु चिन्तित बनेका छन् । स्थानीय बजारमा मासु खपत भए पनि पाठापाठी बिक्री नहुनु किसानको लागि समस्या भइरहेको छ ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  १ : १६ बजे

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता