१६ असार २०८३, मंगलबार | July 1, 2026

गाउँगाउँ पुगेर बङ्गुरपालनको व्यावसायिक प्रशिक्षण



झापा । घरै बसेर परिवारका सदस्यले थोरै लगानीमा सजिलै बढी आम्दानी गर्न सकिने व्यवसायका रुपमा पछिल्लो समय बङ्गुरपालनप्रति गाउँका किसानको आकर्षण बढ्दै गएको छ ।

परम्परागतरूपमा गरिने बङ्गुरपालनलाई आधुनिक र व्यावसायिक बनाउन सक्ने हो भने यसमा लागेका किसानको आर्थिकस्तर नै फेरिने सम्भावना रहेको बताइएको छ ।

यही सम्भावनालाई दृष्टिगत गर्दै नेपाल वेलहोप एग्रिटेक प्रालि र मेरीगोल्ड बङ्गुर फार्मले परम्परागत बङ्गुरपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन सघाउने उद्देश्यले गाउँगाउँ पुगेर विज्ञद्वारा प्रशिक्षण प्रदान दिने अभियान सञ्चालन गरेको छ ।

ती संस्थाले झापा, मोरङ, सुनसरी र उदयपुरमा बङ्गुरपालनको पकेट क्षेत्र मानिएका पालिकामा किसानलाई भेला गरेर व्यावसायिक बङ्गुरपालनका बारेमा वैज्ञानिक प्रशिक्षण प्रदान गरिरहेका छन् ।

यही क्रममा शुक्रबार झापाको बाहुनडाँगीमा जिल्लास्तरीय एक दिवसीय प्रशिक्षण कार्यक्रम गरिएको हो । झापाका १५ पालिकाबाट सहभागी १५० भन्दा बढी किसान सो प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् ।

किसानलाई आधुनिक बङ्गुरपालनका लागि आवश्यक पर्ने खोर, पाठापाठीको प्रजाति, दाना र औषधिसम्बन्धी उपयोगी जानकारी प्रदान गरिएको मेरीगोल्ड बङ्गुर फार्मका सञ्चालक पुनम राईले बताए ।

नेपाल वेलहोप एग्रिटेक प्रालिका प्रबन्ध निर्देशक कुमार पौडेल, डा सुवास रेग्मी र डा नगेन्द्र खड्काले किसानलाई प्रशिक्षण दिएका थिए । परम्परागत तरिकाले भन्दा आधुनिक ढङ्गले बङ्गुरपालन गर्दा बढी फाइदा हुने जानकारी प्रशिक्षणबाट पाएको कार्यक्रमका सहभागी अभिषेक लिम्बूले बताए ।

प्रालिका प्रबन्ध निर्देशक पौडेलले उदयपुरको गाईघाट र बेलटार, सुनसरीको धरान र इटहरी, मोरङको पथरी तथा झापाको मेचीनगरमा बङ्गुरपालन व्यवसाय फस्टाइरहेको हुँदा यसलाई आधुनिक, व्यावसायिक र उन्नत तुल्याउन प्रशिक्षण अभियान सञ्चालन गरिएको जानकारी दिए ।

प्रालिले उच्च चिनियाँ तथा नेदरल्याण्डको प्रविधि प्रयोग गरेर बङ्गुर, कुखुरा, बाख्रा, गाईभैँसी र माछालाई खुवाइने २१ प्रकारका दाना उत्पादन तथा बिक्री गर्दै आएको समेत उनले बताए।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ९ : ०५ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी