१५ भदौ २०८३, सोमबार | September 1, 2026

बिक्री भएनन् बङ्गुरका पाठापाठी



तेह्रथुम । तेह्रथुमको ग्रामीण क्षेत्रमा छ महिनादेखि बङ्गुरका पाठापाठी बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । ती क्षेत्रका विभिन्न जनजाति समुदायले घर खर्च टार्न बङ्गुर पालन र बिक्री गर्दै आएका छन् ।

कोरोना माहामारीका बेला पनि राम्रो मूल्यमा बङ्गुरका पाठापाठी बिक्री गर्दै आएका किसानले छ महिनादेखि बङ्गुरका पाठापाठी नै बिक्री हुन छाडेको छ । छथर गाउँपालिका-५ की चन्द्रकला विश्वकर्माले भन्नुभयो “घरमा अहिले एक दर्जनभन्दा बढी बङ्गुरका पाठापाठी छन् । ती बिक्री नहुँदा घर चलाउन मुस्किल परेको छ । पाठापाठी बिक्रीबाटै घर खर्चको जोहो हुन्थ्यो । ”

गाउँबाट पाठापाठी बेच्न शुक्रबारे बजारमा दुई पटक पु¥याउँदा पनि बिक्री नभएको उनको भनाइ छ । बङ्गुरको पाठापाठी बिक्रीबाट मात्रै उहाँले एक सिजनमा रु ३० देखि ४० हजारसम्म आम्दानी गर्दै आएका थिए । “यसपालि एउटा माउले १० पाठापाठी पाएको थियो । रु ३०–३५ हजार आम्दानी हुन्छ भन्ने आशा थियो”, उन भने, “यो पटक त पाठापाठी नै बिक्री नै भएनन् ।” अघिल्लो सिजनमा रु चार हजारमा बिक्री भएका पाठापाठी यसपटक रु १५ सयमा पनि बिक्री नभएको उनको दुःखेसो छ ।

स्थानीयवासी लक्ष्मी लिम्बूले पनि पाठापाठी बिक्री गर्न बजारसम्म ल्याउँदा पनि बिक्री नभएको गुनासो गरे । “पोहोरसम्म त व्यापारीले घरबाटै राम्रो दाम दिएर लान्थेँ तर, यसपालि त व्यापारी नै आएनन्”, उनले भने ।

उनीहरुको मात्र यो समस्या होइन, छथरका अधिकांश जनजाति समुदायले बङ्गुर पाल्ने गरेका छन् । यहाँका पाठापाठी छिमेकी धनकुटा जिल्लाका साथै पूर्वी तराईका जिल्लामा निर्यात हुने गरेका छन् ।

विगतमा बजार राम्रो हुँदा बङ्गुर खरिद गरी राजधानीलगायतका व्यापारीले गाउँबाटै लैजाने गरेका थिए । व्यवसायीले उन्नत जातका योर्कसायर, हेमसायर, पाख्रीबास कालो बङ्गुर तथा स्थानीय रैथाने जातका बङ्गुर पाल्ने गरेका छन् ।

स्थानीय सरकारले बङ्गुर व्यवसायीलाई अनुदान दिँदै आएको छ । युवाको आकर्षण बङ्गुरपालनमा भए पनि बजार अभावका कारण उनीहरु चिन्तित बनेका छन् । स्थानीय बजारमा मासु खपत भए पनि पाठापाठी बिक्री नहुनु किसानको लागि समस्या भइरहेको छ ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  १ : १६ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,