२४ माघ २०८२, शनिबार | February 8, 2026

निर्वाचनमा बहुमत ल्याउने गरी जनतालाई जागरुक गराउन नेताहरुलाई ओलीको निर्देशन



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पार्टीको पक्षमा बहुमत ल्याउन नेताहरुलाई निर्देशन दिएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीको पक्षमा बहुमत आउने वातावरण बनाउन नेताहरुलाई निर्देशन दिएका हुन् ।

ओलीले पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मत आवश्यक पर्ने बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले आगामी ४ मंसिरमा हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन १६ प्रतिशत मत नपुग्ने बताएका हुन् । यसका लागि सक्रिय रुपमा एमाले सरकारले गरेका कामको प्रचारप्रसार गर्न उनले आग्रह गरे ।

गठबन्धनबाट एमाले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उनले मनोवैज्ञानिक भयबाट मुक्त भएर मतवृद्धिका लागि निर्वाचनमा खटिनुपर्ने बताए ।

स्थानीय तहको नतिजालाई आधारमा मानेर ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको रणनीति बनाउनुपर्ने बताएका अध्यक्ष ओलीले एमालेविरुद्धको घेराबन्दी र षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिए पनि यो अभेद्य रहेको बताए ।

ओलीले अहिले आफूहरूविरुद्ध भइरहेको घेराबन्दी भएको जिकिर गर्दै त्यसलाई कमजोर बनाउनु पर्ने धारण समेत राखे । उनले तत्कालका लागि एमाले विरुद्ध ध्रुवीकरण चुनौतीपूर्ण भएपनि दीर्घकालीन हिसाबमा त्यो सकारात्मक रहेको समेत बताए ।

ओलीले पार्टी नेताहरुलाई अलमलमा परेका जनतालाई जगाएर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मा नेता कार्यकर्ताहरुको काँधमा रहेको बताए ।

स्थानीय चुनावमा एमालेले सर्वाधिक मत पाएको बताउँदै उनले राष्ट्रिय हितको रक्षा, लोकतन्त्रको सुदृढीकरण लगायतका मुद्दामा जनतालाई जागरुक गराउन सके आगामी निर्वाचनमा सफल भइने विश्लेषण गरे । उनले साझा उद्देश्यमा सहमत सहयात्रीहरुसँगको सहकार्यलाई खुला राख्ने पनि बताए ।

ओलीले वर्तमान गठबन्धन सरकारले देशलाई बर्बादीको दिशामा लगिरहेको बताए ।

केन्द्रीय कमिटी बैठकमा नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुले शपथ ग्रहण गराइएको छ । ।

 

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  २ : १६ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको