२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, प्रतिनिधिसभा निर्वाचन तयारी र सल्लाहकार परिषद् गठनमा छलफल



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार)देखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक बिहान ११ बजे ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा बस्नेछ ।

११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ केन्द्रीय नेतृत्व चयन भएपछि दोस्रो पटक बस्न लागेको यो बैठकलाई पार्टीले महत्त्वपूर्ण रुपमा लिएको छ । यसअघि पुस ४ गते बसेको पहिलो बैठकले आजदेखि पुस २८ गतेसम्म दोस्रो बैठक सञ्चालन गर्ने निर्णय गरेको थियो ।

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा विस्तृत छलफल हुने सचिव अधिकारीले जानकारी दिए । निर्वाचन रणनीति, संगठन सुदृढीकरण, उम्मेदवार छनोटको आधार र चुनावी अभियान सञ्चालनका विषय बैठकको मुख्य एजेन्डामा रहने जनाइएको छ ।

यसका साथै बैठकमा केन्द्रीय सल्लाहकार परिषद् गठनबारे पनि छलफल हुने छ । पार्टीमा यसअघि निर्वाचनमा पराजित भएका, अनुभवी, पाका तथा हाल कार्यकारी भूमिकामा नरहेका नेताहरूलाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने एमालेको तयारी रहेको छ । परिषद् गठनमार्फत पार्टीको नीति, रणनीति र संगठनलाई थप सुदृढ बनाउने उद्देश्य राखिएको बताइएको छ ।

एमालेले निर्वाचनलाई लक्षित गर्दै यसअघि नै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति र उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिसकेको छ । आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकले यी समितिहरूको कामलाई थप दिशा दिने तथा आगामी निर्वाचनमा पार्टीको भूमिका र तयारीलाई औपचारिक रुपमा टुंग्याउने अपेक्षा गरिएको छ ।

बैठक पुस २८ गतेसम्म चल्ने र आवश्यक परे अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ७ : ४६ बजे

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे