१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

यस वर्ष डेंगु ज्वरोको कारण बुटवलमा पहिलो मृत्यु



बुटवल । यस वर्ष डेंगु ज्वरोबाट बुटवलमा पहिलो पटक एकजनाको ज्यान गएको छ । बुटवलमा उपचाररत बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने ७६ वर्षीय चुरामणि आचार्यको डेंगु ज्वरोका कारण मृत्यु भएको हो । अर्घाखाँचीको मालारानी गाउँपालिका १ घर भई हाल बुटवल बस्दै आएका आचार्यको आफ्नै निवासमा मृत्यु भएको हो ।

लामो समयबाट पारालाईसिस्का कारण घरमै बस्ने गरेका आचार्यलाई केही दिनदेखि ज्वरो आएपछि परिक्षण गराउँदा डेंगुको ज्वरो पुष्टि भएको थियो । बुधबार थप परीक्षणपछि बिहीबार काठमाडौं लैजाने तयारी गरिएको अवस्थामा आचार्यको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । थप उपचारका लागि काठमाडौंबाट छोरा टेकराज आचार्य आएर लैजाने तयारी गरेको समयमा आचार्यको मृत्यु भएको परिवारका एक सदस्यले जानकारी दिए । उनको बिहीबार राती नै त्रिवेणीमा अन्त्येष्टि गरिएको छ ।

मृतक आचार्य अर्घाखाँचीको मरेङ गाविसको पूर्व उपाध्यक्ष हुन् ।

अहिल्लो साता तिब्र गतिमा बढेको डेंगुको प्रकोप यस साता केही घटेको लुमिबनी अस्पतालका बरिष्ठ चिकित्सक डा. नन्दु पाठकले बताए । खबरकुरासंग कुरा गर्दै डा. पाठकले यस साता अस्पताल आउने डेंगुको बिरामी घटेको जनाए । तिज मान्न बुटवलबाट पहाड जाने संख्या ठुलो भएको र सबै तिजको रमझममा भएरपनि अस्पताल आउनेको संख्या कम भएको हुन सक्ने डा. पाठकले अनुमान गरे । पाठकका अनुसार अहिले पनि लुम्बिनी प्रादेशिक अस्पतालमा २० बढी डेंगुका बिरामी छन् । नीजि अस्पतालहरुमा पनि बिरामीहरुको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  ३ : १० बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन