२३ पुस २०८२, बुधबार | January 8, 2026

सीमामा निगरानी बढेसँगै राजश्वमा वृद्धि



परासी । शसस्त्र प्रहरी बलले नवलपरासीका सीमा क्षेत्रमा निगरानी बढाएसँगै राजश्व संकलनमा समेत वृद्धि भएको छ ।

पछिल्लो पटक सीमा क्षेत्रमा चोरी निकासी बढेपछि शसस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटरले मातहतका युनिटमा पेट्रोलिङ र पैदल गस्ती बढाएपछि राजश्व संकलनमा वृद्धि भएको हो ।

जिल्लामा शसस्त्र प्रहरी बलका ५ वटा बिओपी र २ वटा सुरक्षा बेस क्याम्प रहेको शसस्त्र प्रहरी नायब उपरीक्षक९डिएसपी० एंव सूचना अधिकारी केशव राज थापाले जानकारी दिए । नाकामा कडाई हुन थालेपछि अहिले शसस्त्र प्रहरीले खेत र अन्य सानाबाटोहरुमा चेक प्वाईन्ट राखेर निगरानी बढाउन थालेपछि तस्करीमा कमी आएको थापाले बताए ।

५ महिनाको अवधिमा शसस्त्र प्रहरीले भन्सार छलेर ल्याएका विभिन्न सामानबाट १ करोड ९ लाख बढी राजश्व संकलन गरेको हो । बरामद गरिएका सामानहरुमा लत्ताकपडा, किराना, हार्डवेयरका सामान, मोबाइल, चिनीलगायतका छन् । सीमा क्षेत्रमा हुन सक्ने संभावित अपधरासँगै चोरी निकासी नियन्त्रणका लागि शसस्त्र प्रहरीले अहिले गस्ती बढाएर निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए । ‘ सीमा क्षेत्रमा शसस्त्रले नियमित गस्ती गर्छ । अन्य चोरी निकासी नियन्त्रण र अपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरीसहितको संयुक्त गस्तीसमेत परिचालन हुँदै आएको छ । यसले खुला सीमाबाट हुने चोरी निकासीमा कमि आएको पाएका छौं । ’ प्रजिअ पोखरेले भने जिल्लाको २७ कि.मि. क्षेत्रफल सीमासँग जोडिएको छ ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  ३ : २४ बजे

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

सुर्खेत । बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

११५ दिन मन्त्री हुँदाको प्रगति विवरण सुनाउँदै सरकारबाट हटे कुलमान घिसिङ (पूर्णपाठ)

काठमाडौं । मन्त्रीपदबाट राजीनामा दिएर सिधै पत्रकार सम्मेलन गरेका कुलमान

ऊर्जामन्त्री घिसिङद्वारा राजीनामा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको

ठुलो परिमाणको ब्राउन सुगरसहित रफिक खाँ पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउजसुगर सहित १

उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय उपाध्यक्ष स्वीकार गर्दै