१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

सीमामा निगरानी बढेसँगै राजश्वमा वृद्धि



परासी । शसस्त्र प्रहरी बलले नवलपरासीका सीमा क्षेत्रमा निगरानी बढाएसँगै राजश्व संकलनमा समेत वृद्धि भएको छ ।

पछिल्लो पटक सीमा क्षेत्रमा चोरी निकासी बढेपछि शसस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटरले मातहतका युनिटमा पेट्रोलिङ र पैदल गस्ती बढाएपछि राजश्व संकलनमा वृद्धि भएको हो ।

जिल्लामा शसस्त्र प्रहरी बलका ५ वटा बिओपी र २ वटा सुरक्षा बेस क्याम्प रहेको शसस्त्र प्रहरी नायब उपरीक्षक९डिएसपी० एंव सूचना अधिकारी केशव राज थापाले जानकारी दिए । नाकामा कडाई हुन थालेपछि अहिले शसस्त्र प्रहरीले खेत र अन्य सानाबाटोहरुमा चेक प्वाईन्ट राखेर निगरानी बढाउन थालेपछि तस्करीमा कमी आएको थापाले बताए ।

५ महिनाको अवधिमा शसस्त्र प्रहरीले भन्सार छलेर ल्याएका विभिन्न सामानबाट १ करोड ९ लाख बढी राजश्व संकलन गरेको हो । बरामद गरिएका सामानहरुमा लत्ताकपडा, किराना, हार्डवेयरका सामान, मोबाइल, चिनीलगायतका छन् । सीमा क्षेत्रमा हुन सक्ने संभावित अपधरासँगै चोरी निकासी नियन्त्रणका लागि शसस्त्र प्रहरीले अहिले गस्ती बढाएर निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए । ‘ सीमा क्षेत्रमा शसस्त्रले नियमित गस्ती गर्छ । अन्य चोरी निकासी नियन्त्रण र अपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरीसहितको संयुक्त गस्तीसमेत परिचालन हुँदै आएको छ । यसले खुला सीमाबाट हुने चोरी निकासीमा कमि आएको पाएका छौं । ’ प्रजिअ पोखरेले भने जिल्लाको २७ कि.मि. क्षेत्रफल सीमासँग जोडिएको छ ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  ३ : २४ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ

एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम