२० मंसिर २०८२, शनिबार | December 7, 2025

राष्ट्रपति भण्डारी ‘छोरी’ कार्यक्रममा सहभागी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी भएकी छन् । सिस्नुपानी नेपालले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘छोरी’ कार्यक्रममा उनी सहभागी भएकी हुन् ।

छोरी तथा महिला शसक्तिकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा राष्ट्रिय कलाकारले समाजमा छोरीको महत्व दर्शाउँदै विभिन्न कला प्रस्तुत गरेका थिए । सो अवसरमा राष्ट्रपति भण्डारीले छोरी र महिलाका विषयमा प्रस्तुत गरिएका विभिन्न साङ्गीतिक र साहित्यिक कार्यक्रमको अवलोकन गरिन् ।

कार्यक्रममा कलाकार मनोज गजुरेलले विधुवा आमाको भेषमा विधुवा महिलाले समाजबाट झेल्नुपरेको समस्याबारे प्रस्तुति गरेका थिए । यस्तै मदनकृष्ण श्रेष्ठले छोरी नभएको भए छोरा मान्छेको जन्म नहुने भन्दै छोरी पनि छोरा सरह समाजमा अहिले प्रतिष्ठित ठाउँमा पुगेको बताए ।

कार्यक्रममा १८ जना छोरीले तवेला, बासुरीसहित साङ्गीतिक, १२ जना छोरीले नौमति बाजा बजाउनुको साथै ३४ जना छोरीले बासुरीका विभिन्न धुन बजाएका थिए । यस्तै कुन्ता शर्माले ‘पोथी बास्नु हुँदैन’ लक्ष्मण गाम्नागे ‘मान्छे र आइमाई’ मामिला जोशीले ‘नगरबधुको कर्तव्य’, भावना शर्माले ‘म जयसरा’ र अर्जुन पराजुलीले ‘मलाई जन्मिन देऊ’ शीर्षकमा कतिवा वाचन गरेका थिए ।

कार्यक्रममा अन्जु पन्तलगायत कलाकारले छोरी र आमाको भावले भरिएका गीत गाएका थिए । कार्यक्रममा राजनीतिक दलका नेता, सुरक्षा अधिकारी, महिला अधिकारकर्मी, कलाकारलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ७ : २३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल