२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रदेश पर्यटनमन्त्रीको सम्मेलन



काठमाडौं । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र यस क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले आज राजधानीमा सातै वटा प्रदेश पर्यटनमन्त्रीहरुको सम्मेलन आयोजना गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेश सरकारका पर्यटनमन्त्रीलाई काठमाडौं बोलाएर एक दिने सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा होटल, -याफ्टिङ, होमस्टे, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, पर्यटक यातायात सेवा, टुर गाइडलगायतको दर्ता, अनुमति, नवीकरण र नियमनमा सम्बन्धित प्रदेश सरकारबाट जारी भएका कानुन तथा मापदण्डबारे छलफल हुने मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा संविधानमा राखिएका पर्यटन क्षेत्र सम्बन्धित अधिकार, सङ्घीय संरचना र अन्तर्सम्बन्ध, सङ्घ, प्रदेश र स्थानीय तहका जिम्मेवारी, चालु आर्थिक वर्षको बजेटले घोषणा गरेका नीति तथा कार्यक्रम, पुनरुत्थान कार्ययोजना, स्थानीय तहमा सञ्चालित पर्यटन पूर्वाधार साझेदारी कार्यक्रमलगायत विषयमा पनि छलफल हुनेछ ।

<span;>सम्मेलनको बिहान पर्यटनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरे ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  १० : ५२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले