२३ पुस २०८२, बुधबार | January 7, 2026

आइतबारदेखि एक सातासम्म मतदाता नामावली अध्यावधिक गरिने



काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्ने भएको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म सङ्कलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ ।

अद्यावधिक कार्यक्रम अनुसार मिति २०७९ भदौ १२ गते अर्थात आइतबारदेखि १९ गते अर्थात अर्को आइतबारसम्म मतदाता नामावली अद्यावधिक ९दाबी विरोधसमेत०को कार्यक्रम निर्वाचन कार्यालयमा सञ्चालन हुने आयोगले जनाएको छ ।

उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषयमा काम हुने बताइएको छ ।

नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि मिति २०७९ भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ८ : ३७ बजे

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा

एमालेले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवार, लुम्बिनीमा रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू तय

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको

‘यसरी राजस्व सङ्कलन बृद्धि गर्न सकिन्छ’

रुपन्देही । आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलनका लागि अभियान

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि