१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

मानव तस्करीबारे अनुसन्धान सुरु



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको आवरणमा खाडी मुलुक जानेक्रममा फर्काइएको घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचविखन अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान सुरु गरेका छन् ।

बुधबार र बिहीबार मध्यरातमा विभिन्न उडानमार्फत भिजिट भिसामा कुवेत हुँदै दुबई जान लागेका ९२ महिला र ८४ जना पुरुषलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले फिर्ता गराएको थियो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भिजिट भिसाको आवरणमा हुन सक्ने मानव तस्करी रोक्न प्रहरीले विमानस्थलबाट फर्काइएको घटनाबारे अनुसन्धान सुरु गरेको बताए । उनले सो घटनाबारे विस्तृत अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले सीआईबी, मानव बेचविखन अनुसन्धान ब्युरोलाई निर्देशन दिएको जानकारी दिए ।

उनले भने, “प्रारम्भिक चरणको अनुसन्धानबाट बनावटी कागज तयार गरी भिजिट भिसा दुरुपयोग भएको देखिएको छ । यसबारे हामी गम्भीर अनुसन्धान गरिरहेका छौँ ।” अधिकांश यात्रुको कागजपत्र बनावटी र नक्कली भएको शङ्कापछि सीआईबीले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कमल थापाले यात्रुका कागजपत्र अनुसन्धान भइरहेको बताए ।

विमानस्थलबाट फर्काइएका अधिकांश यात्रुलाई कुवेतबाट इरान र इराक पु(याउन लागिएको शङ्का प्रहरीले गरेको छ । यसअघि ती मुलुक पु(याइएका सयभन्दा बढी महिला बेचविखनमा परेका थिए । मानव तस्करीको शङ्कामा मानव बेचविखन अनुसन्धान ब्युरोले छुट्टै अनुसन्धान अघि बढाएको छ । ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले भिजिट भिसाको माध्यमबाट हुन सक्ने मानव तस्करी तथा तस्करीमा संलग्न हुन सक्ने व्यक्तिबारे समेत अनुसन्धान सुरु गरिएको बताए । मानव बेचविखनविरुद्धको कसुरमा अनुसन्धान गर्न पीडितको उजुरी आवश्यक पर्ने भएकाले ब्युरोले पीडितसँग सोधपुछ गरिरहेको मल्लले बताए ।

भिजिट भिसामा जाने अधिकांश यात्रुको दुईतर्फी टिकट अनिवार्य गरिएको छ । अध्यागमन पार गरेपछि अधिकांश यात्रुले फिर्ता हुने टिकट रद्द गराएको पाइएको त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । यी घटनामा त्रिभुवन अध्यागमन विभागको मिलेमतो हो वा कमजोरी भन्ने प्रश्न उठेको छ । मित्र भण्डारीले आजको गोरखापत्र दैनिकमा यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ७ : १५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले