३ चैत्र २०८२, मंगलबार | March 18, 2026

मानव तस्करीबारे अनुसन्धान सुरु



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको आवरणमा खाडी मुलुक जानेक्रममा फर्काइएको घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचविखन अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान सुरु गरेका छन् ।

बुधबार र बिहीबार मध्यरातमा विभिन्न उडानमार्फत भिजिट भिसामा कुवेत हुँदै दुबई जान लागेका ९२ महिला र ८४ जना पुरुषलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले फिर्ता गराएको थियो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भिजिट भिसाको आवरणमा हुन सक्ने मानव तस्करी रोक्न प्रहरीले विमानस्थलबाट फर्काइएको घटनाबारे अनुसन्धान सुरु गरेको बताए । उनले सो घटनाबारे विस्तृत अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले सीआईबी, मानव बेचविखन अनुसन्धान ब्युरोलाई निर्देशन दिएको जानकारी दिए ।

उनले भने, “प्रारम्भिक चरणको अनुसन्धानबाट बनावटी कागज तयार गरी भिजिट भिसा दुरुपयोग भएको देखिएको छ । यसबारे हामी गम्भीर अनुसन्धान गरिरहेका छौँ ।” अधिकांश यात्रुको कागजपत्र बनावटी र नक्कली भएको शङ्कापछि सीआईबीले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कमल थापाले यात्रुका कागजपत्र अनुसन्धान भइरहेको बताए ।

विमानस्थलबाट फर्काइएका अधिकांश यात्रुलाई कुवेतबाट इरान र इराक पु(याउन लागिएको शङ्का प्रहरीले गरेको छ । यसअघि ती मुलुक पु(याइएका सयभन्दा बढी महिला बेचविखनमा परेका थिए । मानव तस्करीको शङ्कामा मानव बेचविखन अनुसन्धान ब्युरोले छुट्टै अनुसन्धान अघि बढाएको छ । ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले भिजिट भिसाको माध्यमबाट हुन सक्ने मानव तस्करी तथा तस्करीमा संलग्न हुन सक्ने व्यक्तिबारे समेत अनुसन्धान सुरु गरिएको बताए । मानव बेचविखनविरुद्धको कसुरमा अनुसन्धान गर्न पीडितको उजुरी आवश्यक पर्ने भएकाले ब्युरोले पीडितसँग सोधपुछ गरिरहेको मल्लले बताए ।

भिजिट भिसामा जाने अधिकांश यात्रुको दुईतर्फी टिकट अनिवार्य गरिएको छ । अध्यागमन पार गरेपछि अधिकांश यात्रुले फिर्ता हुने टिकट रद्द गराएको पाइएको त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । यी घटनामा त्रिभुवन अध्यागमन विभागको मिलेमतो हो वा कमजोरी भन्ने प्रश्न उठेको छ । मित्र भण्डारीले आजको गोरखापत्र दैनिकमा यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ७ : १५ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड