१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

माछापुच्छ्रे बैक र फोकसवान पेमेन्ट सोलुसन्स् बीच भुक्तानी सेवा सम्झौता



काठमाडौ । माछापुच्छ्रे बैंक लि. र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि द्धारा संचालित मोको डिजिटल वालेट बीच कार्ड मार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् । ग्राहकले उक्त बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाईल टपअप, इन्टरनेटको, बिजुली ,खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

यसै गरी बैंकका ग्राहकहरुले मोको मार्फत स्क्यान टू पे को माध्यमबाट १,५०० भन्दा बढि विभिन्न मर्चेन्टहरु मार्फत कारोबार गरि रकम भुक्तानी समेत गर्न सक्नेछन् । त्यस्तै गरि  बैंकका मर्चेन्टहरुले Visa, alipay / Union Pay एबथ संग सम्बद्ध अन्तराष्ट्रिय कारोबारको त्तच् बाटै भुक्तानी लिन सक्नेछन ।

देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले  बैंकले विभिन्न किसिमका नवीतम सेवा तथा सुविधाहरु ल्याई रहेको छ । साथै बैंकले बढ्दो साइबर अपराधहरुलाई मध्यनजर गर्दै आफ्ना डिजिटल कारोबारहरुलाई अझ सुरक्षित र भरपर्दो बनाउदैँ आई रहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ७ : ५९ बजे

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,