२० बैशाख २०८३, आइतबार | May 4, 2026

नेपाल र केन्या आज पनि भिड्दै, सिरिज कब्जाको अवसर



काठमाडौं । केन्याविरुद्धको चौथो टी-२० खेलमा आज (सोमबार) नेपाल जितसहित पाँच खेलको शृंखला एक खेल अगावै आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ ।

बिहीबार सम्पन्न पहिलो खेलमा ५ विकेट जित निकालेको नेपाल शुक्रबार दोस्रो खेलमा भने १८ रनले पराजित भएको थियो । आइतबार सम्पन्न तेस्रो खेलमा केन्यामाथि ४ विकेटको जितसहित नेपालले शृंखलामा २-१ को अग्रता लिएको थियो ।

सो खेलमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेको ओपनर अर्जुन साउद आफ्नो प्रभाव छोड्न सफल भएका थिए । जसका कारण चौथो खेलमा पनि पवनसँगै अर्जुनले नै नेपालको ओपनिङ सम्हाल्ने सम्भावना प्रबल छ ।

त्यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ४६ रन जोडेका थिए । केन्याविरुद्धको पाँच टी-२० शृंखलालाई नेपालले वरियता सुधारको अवसरमा लिएको छ ।

पाँच टी-२० शृंखलापछि नेपालले केन्याविरुद्ध तीन एक दिवसीय खेलको शृंखला खेल्ने तालिका छ । नेपालले नोभेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि नामिबिया भ्रमण गर्दैछ ।

 

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  ९ : ५६ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता