१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

कोहलपुरको बसपार्कमा अतिक्रमण हटाउन स्थानीयबाट अवरोध, ढुंगामुढा भएपछि डोजर फर्काइयो



नेपालगन्ज । बाँकेको कोहलपुरमा अतिक्रमण गरिएका संरचना हटाउन खोज्दा स्थानीबासीले अवरोध गरेका छन् । कोहलपुरको बासपार्कमा बनाईएका अस्थायी टहरा र केही पक्की संरचना हटाउन खोज्दा स्थानीयले ढुँगामुढा गर्दै अवरोध पु¥याएका हुन् ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य सहितको नेतृत्वमा टोली बिहानै देखि अतिक्रमण हटाउन खटिएको थियो । कोहलपुरको न्यूरोडमा रहेको ३/४ वटा अतिक्रमित टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गा प्रहार गरेपछि विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ ।

विकल्प नदिएर अचानक डोजर लगाएको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएको र स्थिती तनावपुर्ण बनेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐन बहादुर मल्लले बताए । स्थिती तनावपुर्ण हुने अवस्था आएपछि हाललाई डोजर फर्काईएको मल्लले बताए ।

कोहलपुरका नगर प्रवक्ता नमबहादुर आलेले केही समयका लागि स्थगित भएपनि अतिक्रमण हटाउने काम नरोकिने बताए । उनले असार मसान्त पहिले नै ३५ दिने सूचना जारी गरि हटाउन भनिएपनि वर्षादको समय भन्दै समय मागेकाले केही ढिला गरि हटाउन सुरु गरिएको भन्दै अव नरोकिने बताए । उनले अतिक्रमणकारीलाई लिएर राजनीति गर्न खोजिएको समेत बताए ।

 

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  १२ : १४ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा