३ पुस २०८२, बिहिबार | December 18, 2025

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु



काठमाडौं । मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन र रुपन्देहीमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित सडकमा ग।२२ प ६१३ नम्बरको मोटरसाइकल ना।४ ख ९६०३ नम्बरको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार भएको सो दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्सा ठोरी गाउँपालिका–२ घर भएकी २५ वर्षीया श्रृजना विक रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकका श्रीमान र मोटरसाइकलमा सवार उनका छोरा उपचार पश्चात डिस्चार्ज भएका छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ बसपार्कस्थित सडकमा बा।६० प ५२४३ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक मेलम्चि नगरपालिका–१३ बस्ने ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिरमेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवनको भरतपुर महानगरपालिका–५ कल्याणपुरमा रोकी राखेको ना।७ ख २९७९ नम्बरको टिपरमा बागमती प्रदेश ०३–००४ प ५३७८ नम्बरको मोटरसाइकल सोमबार विहान ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२७ दिब्यनगर बस्ने ३३ वर्षीय बिजय भुजेल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ गोरकट्टास्थित सडकमा लु।१६ प ६१३० नम्बरको मोटरसाइकल आइतबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–३ शंकरनगर बस्ने १२ वर्षीय समिक्षा खराल र ७ वर्षीय सुग्रिम खराल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त मोटरसाइकल लु।२८ प ४३७३ नम्बरको मोटरसाइकलमा ठोक्किई अनियन्त्रित हुँदा लु।१ क ३०६४ नम्बरको मिनि ट्रकमा समेत ठोक्किन पुगेको थियो ।

दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  १२ : १८ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,