१० पुस २०८२, बिहिबार | December 25, 2025

उम्मेदवार सिफारिस गर्दा पैसा नउठाउन मातहत कमिटीलाई कांग्रेसको निर्देशन



काठमाडौं । आगमी ४ मंसिरमा हुन गईरहेको संघीय र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि रकम उठाएको सुचना पाएपछि नेपाली कांग्रेसले सो कार्य रोक्न निर्देशन दिएको छ ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक परिपत्र जारी गदै जिल्ला, क्षेत्र र प्रदेश कार्य समितिलाई पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएका हुन् ।

विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने शुल्क तथा सहयोग रकम (लेबी) बाहेक अन्य रकम लिने कार्य बैधानिक नहुने पौडेलले जारी गरेको परिपत्रमा उल्लेख छ ।

‘कतिपय पार्टीका निकायवाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्दा रकम मागिएको जानकारी प्राप्त भएको भन्दै यसमा केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी पत्रमा भनिएको छ, ‘बिभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यवाट बिद्यान तथा नियमावली बमोजिम सबन्धित पार्टी निकायले लिनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम बाहेक उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले कुनै पनि प्रकारको रकम माग गर्नुरउठाउन बिद्यान विपरितको कार्य हुने भएकाले त्यस्तो कार्य नगर्नुरनगराउनु हुन निर्देशानुसार अनुरोध गरिन्छ ।’

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ९ : २० बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका 

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई-रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छ : प्रधानमन्त्री कार्की

। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

१७ वर्षपछि स्वदेश फर्किए तारिक रहमान, ढाकामा भव्य स्वागत

ढाका । बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक