१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

नासाको जेम्स वेब टेलिस्कोपमा किन ठोकिन्छ छुद्र ग्रह ?



न्युयोर्क । नासाले मे महिनामा संसारको सबैभन्दा ठूलो र शक्तिशाली स्पेस टेलिस्कोप जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लुएसटी)मा एक क्षुद्रग्रह ठोकिँदा ठूलो क्षति भएको जनाएको छ ।

यो टेलिस्कोप युरोपेली स्पेस एजेन्सी (ईएसए) र क्यानेडेली अन्तरिक्ष निकाय (सीएसए)को सहकार्यमा नेसनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले निर्माण गरेको हो ।

यो बहुमूल्य प्रविधिबाट बनेको छ । अन्तरिक्षमा यसअघि पहुँच नभएका घटनाक्रम र वस्तुस्थिति निरीक्षण गर्न अन्तरिक्ष टेलिस्कोपमा ठूलो ऐना राखिएको छ । परियोजनाको दीर्घायुलाई लिएर चिन्ता उठाइएको छ । किनकी सन् २०२२ को मेमा क्षुद्रग्रह ठोकिँदा पहिले अनुमान गरेभन्दा टेलिस्कोपलाइ ठूलो क्षति भएको थियो ।

स्थापनापछि वेब टेलिस्कोपमा ६वटा माइक्रोमेटियोराइटहरूले प्रहार गरिसकेका छन् । त्यस्तै, पाँचवटा उल्कापिण्डले टेलिस्कोपमा नगण्य मात्रामा क्षति पुर्‍याएको र छैटौंले जेडब्लूएसटीलाई केही क्षति पु-याएको छ । उल्कापिण्डले कुनै एउटा प्यानलमा क्षति पुगेकोले यसले वेब टेलिस्कोपको तस्बीर लिने क्षमतालाई असर नगर्ने बताइन्छ । एजेन्सी

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  १२ : ५७ बजे

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य