२४ माघ २०८२, शनिबार | February 7, 2026

खजुरामा तिज महोत्सव सम्पन्न, सगरमाथा डान्स क्लव र प्रतिमा बैगारले पाए प्रथम पुरस्कार



खजुरा । कोरोना महामारीका कारण हुन नसकेको खजुरा तिज महोत्सव यस वर्ष बाँकेको खजुरामा सम्पन्न भएको छ । खजुरा क्षेत्र संरक्षण समितिको आयोजनामा आज सम्पन्न महोत्सवमा संस्थागत मौलिक तिज गीत प्रतियोगिता, एकल तिज नृत्यु प्रतियोगिता तथा लाखे नाच प्रदर्शन गरिउको थियो ।

लोपोन्मुख अवस्थामा पुगेको नेवार समुदायको लाखे नाचलाई खजुरामा अन्य समुदायको समेत सहभागितामा जिवन्त राखिएको छ । कोरोना महामारीका कारण दुई वर्ष खजुरामा तीज महोत्सब हुन सकेको थिएन ।

महोत्सवमा प्रमुख अथिती रहेका गाउँपालिका अध्यक्ष विकले तीज महोत्सवले खजुराको साँस्कृतिक महत्व र पहिचानलाई जोगाई राखेको बताए । अध्यक्ष विकले प्रतियोगितामा भाग लिनेहरु भविष्यमा राम्रो कलाकार बन्न सक्ने भएकाले यसलाई निरन्तरता दिन आयोजकलाई आग्रह गरे ।

तिज महोत्सवको संयोजक समेत रहेका खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले महिला दिदिबहिनीहरुको महान पर्वमा दाजुभाइहरुले गरेको सहयोग र सहकार्यका लागि धन्यबाद दिइन् । उपाध्यक्ष मल्लले तीजले महिला दिदिबहिनीहरुलाई रमाउने र मिलन गराउने बतावरण सिर्जना गरेको भन्दै यस खाले कार्यक्रमको आयोजना हरेक वर्ष आयोजना गर्न आवश्यक रहेको बताइन् ।

खजुरा गाउँपालिकाका पुर्व अध्यक्ष तथा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले आफुहरुले पुरा गर्न बाँकी रहेका गौरवका योजनाहरुलाई बर्तमान स्थानीय सरकारले पुरा गर्नेमा विस्वास व्यक्त गरे ।

खजुरा बजारमा आयोजना गरिएको तिज महोत्सवलाई झण्डै ५ हजार बढिले अवलोकन गरेको आयोजक खजुरा क्षेत्र संरक्षण समितिले जनाएको छ ।

आयोजक समितिको सचिव प्रेम बुढाथोकीका अनुसार महोत्सवमा सामुहिक तीज नृत्य प्रतियोगितामा सगरमाथा डान्स ग्रुप प्रथम भएको छ भने आर्दश मावि दोस्रो , ज्ञानोदय मावि तेस्रो र मनकामना मावीले सान्त्वना पुरस्कार पाएको छ । महोत्सवमा एकल नृत्य प्रतियोगितामा प्रतिमा बैगार प्रथम, अरुणा शाहि द्धितिय, विपना थापा तृतियय र आयुषा ढकाल सान्त्वना भईन् । विजयी प्रतियोगिहरुलाई नगद सहित खादा तथा प्रमाण पत्रले पुरस्कृत गरिएको थियो ।

फोटो : खगेन्द्र दाहाल

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ९ : ३० बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नारायणगढ । भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै