१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

वर्षाका कारण अधिकांश कच्ची सडक अवरुद्ध हुँदा यात्रु मारमा



खोटाङ । वर्षाका कारण अधिकांश कच्ची सडक अवरुद्ध हुँदा खोटाङका स्थानीय मारमा परेका छन् । यस वर्षको वर्षा रोकिएपछि सुचारु भएका कच्ची सडक पुःन केही दिनयता परेको भारी वर्षाका कारण अवरुद्ध हुन पुगेको हो ।

जिल्लाको बिजुले–खार्पा–लामीडाँडा–दुबेकोल–ऐसेलुखर्क, जालपा–हौंचुर–ऐसेलुखर्क, बुईपा–राजापानी–रेग्मीटार–रसुवा, रसुवा–सिम्पानी–खोटाङबजार, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी–बालाबेँसी लगायतका सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा अधिकांश यात्रु पैदल यात्रा गर्न वाध्य बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । विशेषगरी बिरामी बोक्ने एम्बुलेन्स गुड्न नसक्दा जिल्लावासीलाई सबैभन्दा बढी सास्ती भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत कालोपत्रे गरिएका दिक्तेल–हलेसी–जयराम र दिक्तेल–बाँझेच्यानडाँडा सडकमा मात्र सवारी साधन चलिरहेका छन् । जिल्लाका धेरैजसो स्थानीय तहले जेसीभी खरिद गरेका छन् । तर, वर्षाका कारण अवरुद्ध सडक तत्काल मर्मतमा भने तदारुकता देखाउन सकेका छैनन् । यातायात व्यवसायीले चाँडोभन्दा चाँडो सडक मर्मत गरेर यातायात सुचारु गराउन र नागरिकलाई सहजता दिलाउन स्थानीय तहलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  १२ : ४६ बजे

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म