४ आश्विन २०८३, आइतबार | September 21, 2026

स्वास्थ्य कार्यसम्पादन मूल्यांकनमा मध्यनेपाल उत्कृष्ट



लमजुङ । स्वास्थ्य क्षेत्रको कार्य सम्पादनको आधारमा लमजुङका स्थानीय तहमध्ये मध्यनेपाल नगरपालिका प्रथम भएको छ । स्वास्थ्य कार्यालय लमजुङले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादित स्वास्थ्य सम्बन्धी गतिविधिहरूका मुख्य सूचकहरूको आधारमा मूल्यांकन गर्दा मध्यनेपाल प्रथम भएको हो ।

नगरपालिका ८७ दशमलव ६२ अंकका साथ पहिलो भएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार दूधपोखरी गाउँपालिका ८२ दशमलव ७५ अंकका साथ द्धितीय भएको छ । बेंसीशहर नगरपालिका ८१ दशमलव ६५ अंकका साथ तृतीय भएको छ ।

प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई सम्मान पत्र र ट्रफी प्रदान गरिएको छ । कार्यालयले बेंसीशहरमा आयोजना गरेको आर्थिक बर्ष २०७८र०७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा तथा पूर्णखोप सुनिश्चितता दिगोपना योजना तर्जुमा गोष्ठीको अवसरमा सम्मान गरिएको छ ।

क्व्होलासोंथर गाउँपालिका ७६ दशमलव ४२ अंकका साथ चौथो, राइनास नगरपालिका ७३ दशमलव १७ अंकका साथ पाँचौं, दोर्दी गाउँपालिका ७३ दशमलव ०७ अंकका साथ छैटौँ भएको छ । मर्स्याङ्दी गाउँपालिका ६८ दशमलव २४ अंकका साथ सातौं र सुन्दरबजार नगरपालिका ६६ दशमलव ४० अंकका साथ आठौं स्थानमा रहेको छ ।

१३ वटा कार्यक्रमअन्तर्गत २८ सूचकको आधारमा मूल्यांकलन गरिएको दवाडीले बताए । कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रम, पोषण कार्यक्रम, बालरोगको एकीृकत व्यवस्थापन कार्यक्रम, परिवार नियोजन कार्यक्रम, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा कार्यक्रम, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम, गाउँघर क्लिनिक कार्यक्रम, क्षयरोग नियन्त्रण कार्यक्रम, एड्स तथा यौनरोग नियन्त्रण कार्यक्रम, औलो रोग निवारण कार्यक्रम, उपचारात्मक सेवा कार्यक्रम, स्वास्थ्य व्यवस्थापन कार्यक्रम र आपूर्ति व्यवस्थापन कार्यक्रम रहेको थियो । ति कार्यक्रमअन्तर्गत भएका क्रियाकलापको आधारमा अंकभार दिइएको स्वास्थ्य कार्यायलले जनाएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  १ : ४६ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन