१० चैत्र २०८२, मंगलबार | March 24, 2026

सुख्खाक्षेत्र नरैनापुरका ६ वटै वडामा डिप बोरिङबाट सिंचाई गरिने अर्थमन्त्री शर्माको घोषणा



नेपालगन्ज । अर्थमन्त्री जनार्दन शर्माले सुख्खाक्षेत्र घोषणा गरिएको बाँकेको नरैनापुरमा सिंचाईको बैकल्पिक व्यवस्था गर्ने घोषणा गरेका छन् । अर्थमन्त्री शर्माले आज बिहान बाँकेका नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहसँगको भेटवार्तामा नरैनापुरमा डिप बोरिङको व्यवस्था गरिने घोषणा गरेका हुन् ।

नेपालगन्जबाट सुर्खेत जाने क्रममा नेपालगन्ज पुगेका शर्मालाई बिहिबार बिहान भेट्न पुगेका अध्यक्ष शाहलाई अर्थमन्त्री शर्माले पालिकाका ६ वटै वडामा डिप बोरिङको व्यवस्था गरिने बताए । भेटका क्रममा अध्यक्ष शाहले नरैनापुरमा लामो समय सम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली नस्ट हुन लागे पछि पालिकाले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरे पनि संघीय र प्रदेश सरकारले चासो नदेखाएको गुनासो गरेका थिए । उनले संघीय सरकारबाट राहातको पहल गरी दिन आग्रह पनि गरेका छन् ।

सो अवसरमा अर्थमन्त्री शर्माले नरैनापुरको अवस्थाका बारेमा आफूलाई जानकारी भए पनि सरकारबाट कुनै पहल नहुनु चिन्ताको विषय भएको बताउदै नरैनापुरको ६ वटै वडाका लागि डिप बोरिङको तत्काल व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री शर्माले भारतीय सिमा संग जोडिएको नरैनापुरका नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुच बढाउन केन्द्रीय सरकारबाट पहल गरिने बताउदै सुख्खा ग्रस्त क्षेत्रका लागि बिशेष व्याकेज ल्याउने पनि बताए ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ९ : ४९ बजे

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका