२ पुस २०८२, बुधबार | December 18, 2025

सुख्खाक्षेत्र नरैनापुरका ६ वटै वडामा डिप बोरिङबाट सिंचाई गरिने अर्थमन्त्री शर्माको घोषणा



नेपालगन्ज । अर्थमन्त्री जनार्दन शर्माले सुख्खाक्षेत्र घोषणा गरिएको बाँकेको नरैनापुरमा सिंचाईको बैकल्पिक व्यवस्था गर्ने घोषणा गरेका छन् । अर्थमन्त्री शर्माले आज बिहान बाँकेका नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहसँगको भेटवार्तामा नरैनापुरमा डिप बोरिङको व्यवस्था गरिने घोषणा गरेका हुन् ।

नेपालगन्जबाट सुर्खेत जाने क्रममा नेपालगन्ज पुगेका शर्मालाई बिहिबार बिहान भेट्न पुगेका अध्यक्ष शाहलाई अर्थमन्त्री शर्माले पालिकाका ६ वटै वडामा डिप बोरिङको व्यवस्था गरिने बताए । भेटका क्रममा अध्यक्ष शाहले नरैनापुरमा लामो समय सम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली नस्ट हुन लागे पछि पालिकाले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरे पनि संघीय र प्रदेश सरकारले चासो नदेखाएको गुनासो गरेका थिए । उनले संघीय सरकारबाट राहातको पहल गरी दिन आग्रह पनि गरेका छन् ।

सो अवसरमा अर्थमन्त्री शर्माले नरैनापुरको अवस्थाका बारेमा आफूलाई जानकारी भए पनि सरकारबाट कुनै पहल नहुनु चिन्ताको विषय भएको बताउदै नरैनापुरको ६ वटै वडाका लागि डिप बोरिङको तत्काल व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री शर्माले भारतीय सिमा संग जोडिएको नरैनापुरका नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुच बढाउन केन्द्रीय सरकारबाट पहल गरिने बताउदै सुख्खा ग्रस्त क्षेत्रका लागि बिशेष व्याकेज ल्याउने पनि बताए ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ९ : ४९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल