२० मंसिर २०८२, शनिबार | December 6, 2025

नबिलले पायो ‘भिसा एक्सिलेन्स अवार्ड–२०२२’



काठमाण्डौ । नबिल बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस–२०२२’ र ‘एक्सिलेन्स इन ई–कमर्स एक्विरिङ बिजनेस–२०२२’ बाट सम्मानित भएको छ।

बैंकले डेबिट कार्ड र ई–कमर्स एक्विरिङ बिजनेसमा नेपालमा रहेका सबै बैंकभन्दा बढी गोर्थ र अचिभेन्ट गरेका कारण यी अवार्डबाट सम्मानित भएको हो। भिसा इन्टेरनेसनले काठमाण्डौमा आज आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ पेमेन्ट्स इनोभेसन अफ डिजिटल नेपाल’ कार्यक्रममा नबिल बैंकलाई ती अवार्डबाट सम्मानित गरिएको थियो।

बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले अवार्ड ग्रहण गर्दै नबिल बैंकको टिमलाई उनीहरुको कामप्रतिको समर्पणलाई सरहाना गर्दै बधाइ दिए। ‘नबिल जहिले पनि नेपालको पहिलो डिजिटल बैंक बन्न अग्रसर रहेको र हाम्रा अथक प्रयासलाई यी अवार्डबाट सम्मान गरेकोमा धन्यवाद दिन चाहन्छौँ’, उनले भने।

सीईओ ढुंगानाले नबिल बैंक जहिले पनि ग्राहकको आवश्यकता र अपेक्षा परिपूर्तिका लागि डिजिटल बैंकिङ प्रवर्द्धनमा लागिरहेको बताए। ‘यस किमिसको सम्मानले हामीलाई हाम्रा ग्राहकको आवश्यक र अनुभवलाई पूरा गर्न अझ बढी डिजिटल रुपमा कार्य गर्न प्रोत्साहन गरिरहनेछ’, उनले भने।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ८ : १४ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति