१६ माघ २०८२, शुक्रबार | January 30, 2026

पर्यटन प्रवद्र्धनका लागि सरसफाइ



काठमाडौं । मुलुकको पर्यटन प्रवद्र्धनका लागि ‘सफा नेपाल, हरियाली नेपाल’ अभियानअन्तर्गत सम्पदा क्षेत्र तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज वसन्तपुर डबली–असनचोक, ठैँटीचोक–ठमेल हुँदै नरसिंहचोकसम्म सरसफाइ गरिएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनन्जय रेग्मीलगायत हातमा कुचो बोकेर सरसफाइ अभियानमा सहभागी भएका थिए । बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको ७३ बुँदे कार्ययोजनाअन्तर्गत वसन्तपुरदेखि ठमेलसम्म सरसफाइ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले देशभरका सबै सम्पदा क्षेत्रमा सरसफाइ गरिने उल्लेख गरे ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई पुनरुउत्थान गर्नका लागि यस्ता गतिविधिले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले ठमेल क्षेत्रमा पर्यटकीय गतिविधि बढाउनका लागि परिषद्ले विभिन्न रचनात्मक काम गर्दै आएको बताए । ठमेल सफा राख्ने अभियन्तालाई परिषद्ले पुरस्कृत गर्नेसमेत उनको भनाइ छ । कार्यक्रममा पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाको सहभागिता थियो ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  ११ : ३१ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र