२५ पुस २०८२, शुक्रबार | January 9, 2026

पाँच फिटको क्यानभासमा नेपालको कला संस्कृति



काठमाडौं । विभिन्न देशका डेल्फिक काउन्सिलहरूले १ सेप्टेम्बरमा एकसाथ आयोजना गरेको एकदिने चित्रकला कार्यशाला ‘डेल्फिक आर्ट वाल कोलिशन’ नेपालमा पनि आयोजना गरिएको छ ।

गत वर्ष नेपालमा गठन भएको ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’को नेपाल च्याप्टर ‘नेसनल डेल्फिक काउन्सिल नेपाल’को आयोजनामा बिहीबार काठमाडौंको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा कार्यशाला सम्पन्न गरिएको हो ।

उक्त कार्यशालामा आठ वर्षदेखि ७० वर्षसम्मका ७५ जना विद्यार्थी तथा पेसागत चित्रकारहरूले पाँच फिट उचाइ तथा एक सय फिट लम्बाइ रहेको एउटै क्यानभासमा ‘नेपालको कला संस्कृति’ विषयमा आधारित रही विभिन्न चित्रकला तयार पारेका छन् । १० बजेदेखि सुरु भएको चित्रकला कार्यशाला साँझ ५ बजेसम्म सञ्चालनमा थियो । कार्यशालामा विभिन्न विद्यालयका विद्यार्थीदेखि नाम चलेका चित्रकारहरूको सहभागिता थियो । चित्रकला कार्यशालाको समापनमा सम्पूर्ण चित्रकारहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यशालाको उदघाटन समारोहका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विश्व शान्तिको कामना गर्दै खाली क्यानभासमा स्वयम्भूनाथ स्तूपको चित्र बनाएर कार्यशाला सुरु गरेका थिए । उनले यो कार्यक्रम नेपालको लागि निकै नौलो रहेको बताए । उनले डेल्फिक काउन्सिलको नेपाल च्याप्टर स्थापनाको छोटो समयमै भइरहेको यो कार्यशाला अत्यन्त महत्वपूर्ण रहेको र यसले नेपाललाई संसारमा चिनाउने विश्वास व्यक्त गरे ।

चित्रकला कार्यशालामा सहभागीहरूले एकसाथ तयार गरेको क्यानभास विभिन्न अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरूमा नेपालको तर्फबाट प्रस्तुत गरिने आयोजक संस्था डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव बिएल (बाबुराम अर्याल) ले बताए ।

नेसनल डेल्फिक काउन्सिल नेपालका उपाध्यक्ष तथा कार्यशालाका कार्यक्रम निर्देशक जीवनकुमार पराजुलीले कला क्षेत्रमा रुचि रहेका विद्यार्थी तथा कलाकारहरुको क्षमता प्रस्फुटन गरी अन्तर्राष्ट्रिय रूपमै पहिचान प्राप्त गर्ने एक खुड्किलोको पमा चित्रकला कार्यशालालाई लिएको बताए ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  ११ : ४२ बजे

विशेष महाधिवेशनमा भाग लिन काठमाडौँ कांग्रेसको आह्वान

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले पार्टीको ऐतिहासिक विशेष

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई

बर्दिया । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार करदाता सेवा कार्यालय गुलरिया,

कुलमानले सम्हालेका तीन मन्त्रालयको कार्यभार तीनजना मन्त्रीलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीको कार्यभार थप

एमाले अध्यक्ष ओलीद्वारा पार्टीको महाधिवेशन पछिको पहिलो अन्तरपार्टी निर्देशन जारी (पूर्णपाठ)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अन्तरपार्टी निर्देशन (अपानी)–१ जारी

बाबुको पहिचान नखुलेकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला

काठमाडौँ । बाबुको पहिचान नखुलेकाको हकमा आमाका नामबाट नागरिकता प्रदान