२१ भदौ २०८३, आइतबार | September 6, 2026

अगस्टमा ४१ हजार पर्यटक भित्रिए



काठमाडौं । अगस्ट महिनामा हवाई मार्ग हुँदै ४१ हजार ३०४ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यो महिनामा १७२ देशबाट सो सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् ।

नेपाल भित्रिने २४ हजार ९२४ जना पुरुष पर्यटक छन् भने १६ हजार ३७२ महिला पर्यटक रहेका छन् । बाँकी आठ जना पर्यटकलाई भने विभागले अन्य समूहमा राखेको छ । विभागका अनुसार अगस्टमा मात्रै ८० हजार ३५३ जना पर्यटकको आगमन भएको छ ।

अगस्टमा सबैभन्दा धेरै भारतबाट १६ हजार १४७ पर्यटक नेपाल आएका छन् । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट चार हजार ६६ पर्यटक नेपाल भित्रिएका छन् । बेलायतबाट दुई हजार ८२६, बङ्गलादेशबाट एक हजार ७५१, चीनबाट एक हजार २८९ र अस्टे«लियाबाट एक हजार २१० पर्यटक भित्रिएको विभागको तथ्याङ्क छ ।

अगस्टसहित सन् २०२२ को आठ महिनामा नेपाल भित्रिने पर्यटकको कुल सङ्ख्या भने तीन लाख नाघेको छ । विभागका अनुसार यो अवधिमा तीन लाख २६ हजार पर्यटक नेपाल भित्रिएका हुन् । कोभिड-१९ सङ्क्रमणका कारण क्षति बेहोरेको पर्यटन क्षेत्रका लागि पर्यटक सङ्ख्यामा आएको सुधारले भने राहत दिएको छ ।

४३ हजार बाहिरिए

अगस्टमा ४१ हजार पर्यटक भित्रिँदा नेपाल बाहिरिनेको सङ्ख्या भने ४३ हजार २४९ रहेको छ । विभागका अनुसार उक्त अवधिमा २५ हजार ६३६ पुरुष र १७ हजार ५९३ जना महिला पर्यटक बाहिरिएका छन् । त्यस्तै एक लाख ३० हजार ४८६ जना नेपाली पनि अगस्टमा बाहिरिएको विभागको तथ्याङ्क छ ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ७ : ३५ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त