२३ चैत्र २०८२, सोमबार | April 6, 2026

मधेस प्रदेशका मुख्यन्यायाधिवक्ताद्वारा राजीनामा



जनकपुरधाम । मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिएकाछन् । मुख्यमन्त्री लालबाबु राउतलाई उनले आज आफ्नो राजीनामा पत्र बुझाएकाहुन् ।

निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको र जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको मुख्य न्यायाधिवक्ता झाले बताए ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका झालाई आजै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ ।

मधेस प्रदेश सरकार गठन भएदेखि प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा उहाँ कार्यरत रहँदै आएका थिए ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ३ : २४ बजे

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ