४ आश्विन २०८३, आइतबार | September 21, 2026

श्री नेवाः पुच नेवा समाज विकास परिषद बुटवलमा पुरानै नेतृत्व



बुटवल । पुरानै नेतृत्वलाई निरन्तरता दिँदै श्री नेवाः पुच नेवा समाज विकास परिषदको २२ औ वार्षिक साधारण सभा तथा ८ औ अधिवेसन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले अधिवेशनको उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै पाण्डेले नेवार संस्कृति सबै नेपालीको संस्कृति भएको बताए ।

नेपालको पुरानो संस्कृतिलाई जगेर्नामा बुटवलकाका संघसंस्थाहरुको योगदान महत्वपुर्ण रहेको भन्दै उनले थप योजनाबद्ध रुपमा लाग्न नयाँ नेतृत्वलाई सुझाव दिए ।

नेवाः पुचका अध्यक्ष काजिमान श्रेष्ठले संस्थागत विकासमा आफू लागेको उनले बताए । संस्थाको भौतिक पुर्वाधार निर्माण गरि क्रियापुत्रीका लागि थप सुविधा बढाउने, भाषा कक्षा संचालन, अक्षयकोष र मुद्दती बचतमा रकम बढाउने, शाखा संस्थाहरु वृद्धि गरि सदस्यता वृद्धि गर्ने, संस्थापक अध्यक्ष स्व चन्द्रमान श्रेष्ठको स्मृतिमा पुस्तकालय स्थापना, मणिमुकुन्द सेन उद्यानमा शंखधर साख्वा पार्क निर्माण, ल्याम्ह, ल्यासे पुचः लाई सक्रिय गराउने, परम्परागत जात्रा, पर्व, महोत्सवहरुलाई निरन्तरता दिने उनले बताए ।

अधिवेसनले काजीमान श्रेष्ठको अध्यक्षतामा अधिकांस पुरानै पदाधिकारी तथा सदस्यहरु रहेको समिति निर्वाचित गरेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कल्याणी लाकौल, उपाध्यक्षमा रबिन्द्र कक्षपति, सचिव लक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा चिरन्जीवी श्रेष्ठ, सहसचिव मोती प्रसाद श्रेष्ठ, सदस्यहरुमा दिल्ली कुमार श्रेष्ठ, अजय श्रेष्ठ, हिरा कुमारी श्रेष्ठ, निर्मला श्रेष्ठ, दिब्य राजभण्डारी, शमा श्रेष्ठ, टुपला श्रेष्ठ, दिपक कुमार श्रेष्ठ, आनन्द भगत श्रेष्ठ, सीता श्रेष्ठ, बिक्रम राजभण्डारी, लक्ष्मी श्रेष्ठ सर्वसम्मत चयन भएका छन ।

कार्यक्रममा संस्थाका विशेष सल्लाहकार रामेश्वर श्रेष्ठ, वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, वडा नं ९ का वडा प्रदिप कुमार श्रेष्ठ, नेपाल आदीबासी जनजाती अध्यक्ष शंकर गाहाले स्थानिय सरकारबाट जनजातीहरुको संरक्षण र विकासमा आवश्यक बजेट बिनियोजन गर्न सकेमात्र समग्र विकासमा गति लिने बताए ।

कार्यक्रममा संस्थाका सचिव लक्ष्मी श्रेष्ठ र कोषाध्यक्ष चिरञ्जीवी श्रेष्ठले संस्थाको प्रगति र आर्थिक प्रगति बिवरण पेश गरेका थिए । संस्थामा आवद्ध परिवारका छोराछोरीहरुबाट एसइइमा उत्कृष्ट नतिजा ल्याउने नेवा विद्यार्थी तथा जेष्ठ नागरिकलाई कार्यक्रममा सम्मान गरिएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ७ : ०५ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन