१७ माघ २०८२, शनिबार | January 31, 2026

तिलोत्तमा वाईसीएललाई चुनावी प्रशिक्षण



बुटवल । योङ्ग कम्युनिस्ट लिग (वाईसीएल), नेपाल तिलोत्तमाका सदस्यहरुलाई मातृसंस्था नेकपा माओवादी केन्द्रले चुनावी प्रशिक्षण दिएको छ । वाइसीएल कार्यकर्ताहरुलाई चुनाव केन्द्रीत राजनितिक वैचारिक प्रशिक्षण दिइएको माओवादी केन्द्रले जनाउको छ ।

प्रशिक्षण कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय स्थायी कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज हकिउल्ला खानले राजनीतिक बैचारिक प्रशिक्षण दिएका थिए । सो अवसरमा बोल्दै इन्चार्ज खानले युवाहरु राजनीतिको मुलधारमा आउनुपर्ने बताए । देशमा राजनितिक, सामाजिक परिवर्तन भए पनि आम नागरिकको जिवनस्तर उकास्न नसकिएको भन्दै अब युवाहरु यसमा लाग्नुपर्न बताए । जनयुद्धबाट सिँहदरबारमा केन्द्रीकृत शक्तिलाई जनतासम्म पुग्ने अवस्था बनाएको उनले दाबी गरे ।

समाजमा सामाजिक, आर्थिक रुपान्तरण गर्ने र उत्पिडन हल गर्ने एकमात्र उपाय माक्र्सवाद भएको भन्दै उनले माक्र्सबाद केवल एउटा पुस्तककी ज्ञान नभई वैज्ञानिक र ब्यहारिक समयसापेक्ष परिवर्तनशिल हुनुपर्ने बताए । नया क्रान्तिले समाजबादमा जाने बाटो खोल्ने भन्दै खानले जनबादी क्रान्तीले राष्ट्रिय पुजि निर्माण गरि देश समृद्ध हुने दाबी गरे ।

कार्यक्रममा पार्टीका नगर ईन्चार्ज धन बहादुर गुरुङ, वाईसिएलका केन्द्रीय सचिव माधव बस्नेत, जिल्ला संयोजक केशव कुवरले प्रशिक्षण दिदै निर्वाचन लक्षित गरि एकतावद्ध भएर लाग्नुपर्ने सुझाव दिए । कार्यक्रममा नगर अध्यक्ष सुरज ज्ञवाली, पार्टी नगर अध्यक्ष बेलप्रसाद शर्मा, नगर युवा विभाग प्रमुख गोबिन्द रेग्मी, युवा विभाग ईन्चार्ज प्रेम जिएम, नगर ईन्चाज रामु साहनी लगायतले पार्टीमा युवालाई स्थान दिनसकेमात्र देश र पार्टीको सुधार हुने दाबी गरे ।

 

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  १० : ३६ बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान