१५ माघ २०८२, बिहिबार | January 29, 2026

प्रदेश विश्वबिद्यालय स्थापना हुने स्थलको अवलोकन गर्न मुख्यमन्त्री केसी खजुरामा



खजुरा । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसीले बाँकेको खजुरामा प्रदेश प्रबिधिक विश्वबिद्यालयका लागि प्रस्ताव गरिएको जग्गाको स्थलगत अवलोकन गरेका छन् । खजुरा गाँउपालिकाबाट विश्वबिद्यालयका लागि प्रस्ताव भएको ११० बिगाहा जग्गाको अवलोकन गर्दै मुख्यमन्त्री केसीले छिट्टै विश्वबिद्यालय संचालनमा आउने बताए ।

उनले तत्कालका लागि सोही स्थानमा रहेको जनकशिक्षा सामाग्रीले छापाखानाका लागि बनाईएको भवनको पनि अवलोकन गरे । हाललाई बिश्वबिद्यालयको केन्द्रीय कार्यालय राख्ने तयारी गरिएको सो भवन मरमत गरि कार्यालय संचालनमा ल्याईने उनले बताए । भवन मरमत नहुँदा सम्म डिभिजन बन कार्यालय नेपालगन्जमा अल्पकालका लागि कार्यालय खुल्ने जानकारी दिँदै यथासिघ्र खजुराबाटै प्रशासनिक कार्यालय कार्यान्वयनमा आउने पनि मुख्यमन्त्री केसीले बताए । ‘खजुरामा नै कार्यालय उदघाटन गर्ने मन थियो, तर मरमत गर्न समय लागेपछि नेपालगन्जमा कार्यालय खोल्नु प¥यो ।’ उनले भने । विश्वबिद्यालयको आजै अपरान्ह नेपालगन्जमा केन्द्रीय कार्यालय उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

विशेष अनुदानको रकमबाट भएपनि भवन मरमत र जनक शिक्षाबाट भोगाधिकार ल्याउने काम हुने मुख्यमन्त्री केसीले आश्वासन दिएको नेकपा माओवादी केन्द्रका खजुरा गाँउ कमिटीका अध्यक्ष राजकुमार बिकले जानकारी दिए ।

विश्वबिद्यालयका लागि आवश्यक जग्गाको प्रक्रिया अन्तिम चरणमा पुगेको र छिट्टै संघीय मन्त्रिपरिषदबाट विश्वबिद्यालयको नाममा जग्गा प्राप्त हुने खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिक तुफानले बताए ।

अवलोकनमा लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेल, संबिधानसभाकी पूर्व उपाध्यक्ष पूर्णा सुबेदी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  १२ : ४६ बजे

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा

मधेसको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

धनुषा । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

तानसेन । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको