३ आश्विन २०८३, शनिबार | September 19, 2026

बुटवलका अधिकांश मासु पसल मापदण्ड बिपरित, अखाद्य वस्तु बरामद



बुटवल । चाडपर्व शुरु भएपछि मात्र अनुगमन गर्ने पुरानो प्रचलनलाई बुटवल उपमहानगरको नयाँ नेतृत्वले पनि निरन्तरता दिएको छ । दशैं तिहार नजिकिँदै जाँदा चाडपर्वलाई लक्षित गर्दै बुटवल उपमहानगरले चाडपर्वमा सबैभन्दा बढि उपभोग हुने मासुजन्य पदार्थको अनुगमन गरेको छ ।

कालोबजारी तथा गुणस्तरहित वस्तुहरूको बिक्रीबितरण रोक्न बुटवल उपमहानगरपालिकाले बुटवलका बिभिन्न क्षेत्रका मासु पसलहरूमा अनुगमन गरेको हो । आज बिहान उपमहानगरकी उपप्रमुख साबित्रादेवी अर्यालको नेतृत्वमा निस्केको अनुगमन टोलीलले बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगर लगायतका क्षेत्रमा सञ्चालनमा रहेका ११ वटा मासु पसलमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा मासुपसलहरुमा बनाईएको वधशाला फोहर रहेको र पसलबाट अखाद्य बनिसकेको मासु बिक्रीबितरण हुने गरेको पाइएको उपमहानगरकी उपप्रमुख अर्याालले बताइन् । पसल संचालकहरुले बधशादाको सरसफाईमा ध्यान नदिएको बताउँदै उनले सामान्य फोहर भएको पसलमा सरसफाई गर्न निर्देशन दिइएको बताइन् ।

अनुगमन टोलीले बुटवलको इँटाभट्टीको कुरैशी मासु पसल र स्माइली मासु पसल तथा देवीनगरमा रहेको श्रेष्ठ मासु पसलबाट अखाद्य मासु जफत गरेको छ । ती मासु पसलबाट २२ किलोभन्दा बढि अखाद्य मासु फेला पारि नष्ट गरिएको बुटवल उपमहानगरका बरिष्ठ अधिकृत ठगिश्वर शर्माले जानकारी दिए । कुरैशी र स्माइली मासुपसलमा यस अघि भएको अनुगमनमा पनि ठुलो परिमाणमा अखाद्य मासु फेला परेको थियो । पूर्व उपप्रमुख गुमादेवी आचार्य नेतृत्वले कारवाही गर्ने पुर्जी दिएपनि कारवाही नभएपछि ती पसलहरुले अखाद्य मासु बेच्ने कार्यलाई निरन्तरता दिएका हुन् ।

देवीनगरमा रहेका दिनेश फ्रेस हाउस र नमस्ते गाउँले मासु पसलले सडक क्षेत्रमा सडकमा वधशाला बनाएको पाइएको, तिनकुनेमा रहेका निमेस मासु पसलको बधशाला निकै फोहोर पाईएको टोलीले जनाएको छ ।

मासुलाई तापक्रम ब्यवस्थापन गरि राख्नुपर्ने भएपनि त्यो अनुसार नपाइएको बुटवल उपमहानगरपालिकाका पशु चिकित्सक झबिन्द्र बन्जाडेले बताए । उनले अनुगमनमा कमजोरी भेटिएका पसल संचालकहरुलाई कारवाही स्वरुप बुटवल उपमहानगर बोलाइएको बताए।

उपभोक्ता हित संरक्षण मन्च बुटवल उपमहानगर अध्यक्ष समुन्द्र जिसीले चाडपर्वमा हुने अखाद्य बस्तुको बेचबिखन हुनसक्ने भएकोले अनुगमन आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तर र गोप्य तरिकाले गर्नुपर्ने बताए ।

अनुगमनमा उपप्रमुख अर्याल, उपमहानगरका कर्मचारी, पशु चिकित्सक, बुटवल उद्योग वाणिज्य संघका प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि, नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  १ : ५४ बजे

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२