२९ चैत्र २०८२, आइतबार | April 12, 2026

डकैती गरेको आरोपमा हतियारसहित दुई जना पक्राउ



वीरगञ्ज । प्रहरीले बाराको भलुहीस्थित एरोटेक प्रालिमा शनिबार मध्यरातमा डकैती संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३५ वर्षीय जयराम पासवान र वडा नम्बर १० बस्ने वर्ष ४० को जवाहिर महतो रहेका प्रहरीले जनाएको छ ।

राति नै पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । प्रहरीले घटनास्थलबाट दुई थान गोलीसहित कटुवा बन्दुक र भरूवा बन्दुकसमेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय वीरगञ्जका अनुसार अनुसार जीतपुर सिमरा–२३ भलुहीमा रहेको एरोटेक प्रालिमा शनिबारराति १०र१२ जनाको समूहले हात–हतियारसहित प्रवेश गरी धनमाल लुटपाल गरेका थिए ।

उक्त खवर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक कलमबहादुर शाही नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । हतियारधारी समूहले उद्योगको स्टोर कोठामा राखेको सिलिण्डर बनाउन प्रयोग हुने पित्तलको भल्भ, जींक बायर, बुस बनाउने डण्डी तथा मजदुरहरुको साथमा रहेको नगद तथा मोवाइल समेत डाँका गरेर भाग्दै थिए । पक्राउ गर्ने क्रममा उनीहरूले प्रहरी टोलीलाई लक्षित गरेर एक राउण्ड फायर गरेका थिए । प्रहरीले तीन राउण्ड गोली प्रहार गरी त्यो समूहका दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

फरार अन्यको खोजी भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ६ : ५५ बजे

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको