२१ मंसिर २०८२, आइतबार | December 7, 2025

डकैती गरेको आरोपमा हतियारसहित दुई जना पक्राउ



वीरगञ्ज । प्रहरीले बाराको भलुहीस्थित एरोटेक प्रालिमा शनिबार मध्यरातमा डकैती संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३५ वर्षीय जयराम पासवान र वडा नम्बर १० बस्ने वर्ष ४० को जवाहिर महतो रहेका प्रहरीले जनाएको छ ।

राति नै पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । प्रहरीले घटनास्थलबाट दुई थान गोलीसहित कटुवा बन्दुक र भरूवा बन्दुकसमेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय वीरगञ्जका अनुसार अनुसार जीतपुर सिमरा–२३ भलुहीमा रहेको एरोटेक प्रालिमा शनिबारराति १०र१२ जनाको समूहले हात–हतियारसहित प्रवेश गरी धनमाल लुटपाल गरेका थिए ।

उक्त खवर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक कलमबहादुर शाही नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । हतियारधारी समूहले उद्योगको स्टोर कोठामा राखेको सिलिण्डर बनाउन प्रयोग हुने पित्तलको भल्भ, जींक बायर, बुस बनाउने डण्डी तथा मजदुरहरुको साथमा रहेको नगद तथा मोवाइल समेत डाँका गरेर भाग्दै थिए । पक्राउ गर्ने क्रममा उनीहरूले प्रहरी टोलीलाई लक्षित गरेर एक राउण्ड फायर गरेका थिए । प्रहरीले तीन राउण्ड गोली प्रहार गरी त्यो समूहका दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

फरार अन्यको खोजी भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ६ : ५५ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन