१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

आफ्नै दलका नेताको व्यवस्थापन गर्न देउवालाई सकस, दर्जन बढी नेतालाई मुख्यमन्त्रीको आश्वासन



डडेल्धुरा । तीन पटकसम्म आफुसँग प्रतिष्प्रर्धा गरेर पराजित भएका नेकपा (माओवादी) केन्द्र सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेश सभा सदस्य उम्मेदवारी दिन सहमति गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह प्रदेशमा आफ्नै दलका नेताहरुको व्यवस्थापन गर्न सकस परेको छ ।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेता भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनाउने आश्वासन दिएर गठबन्धनका तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट प्रदेश सभा सदस्य उम्मेदवार बनाउने सहमति गरेका हुन । तर, सो क्षेत्रबाट प्रदेश सभा सदस्य उम्मेदवार बन्न लामो समयदेखि तयारी गरेका कांग्रेस डडेल्धुराका सभापति भिमबहादुर साउदले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुबीच स्वच्छ प्रतिष्प्रर्धा हुने र डडेल्धुरामा गठबन्धन नहुने बताए ।

कांग्रेस डडेल्धुरा जिल्लामा एक्लै निर्वाचनमा होमिने तयारीमा छ । गठबन्धनमा संलग्न राजनीतिक दलहरुबीच स्वच्छ प्रतिष्प्रर्धा हुने कांग्रेस डडेल्धुराका नेताहरु बताउछन । कांग्रेस डडेल्धुराका सभापति साँउद आफै मुख्यमन्त्रीका शशक्त दाबेदार भएको र साँउदलाई मुख्यमन्त्री बनाउने आश्वासन प्रधानमन्त्री देउवाबाट प्राप्त भएको निकटस्थ नेताहरु बताउछन ।

कांग्रेस प्रदेश सभा क्षेत्र ‘क’ डडेल्धुराका सभापति कैलाशकुमार पाण्डेयले जिल्लामा कांग्रेसका उम्मेदवारहरु सहजै जित्ने भएकाले गठबन्धन नहुने जिकिर गरे । ‘माओवादी केन्द्रका नेता खगराज भन्दा पनि डडेल्धुरा कांग्रेसका सभापति साउँद मुख्यमन्त्री हुनेगरि निर्वाचनमा प्रतिष्प्रर्धा गगर्छन,’ पाण्डेयले भने, ‘काँग्रेसको संगठन बलियो रहेको डडेल्धुरामा चुनावी गठबन्धनको औचित्य नभएकाले हामीले एक्लै चुनावमा होमिने निर्णय गरिसकेका छौ ।’

गृहजिल्लामै गठबन्धन धरापमा परिरहेका बेला प्रधानमन्त्री देउवालाई गठबन्धनमा संलग्न राजनीतिक दलका नेताहरुको व्यवस्थापन निकै चुनौतीपुर्ण देखिएको छ । आफ्नै दलभित्रका नेताहरुको व्यवस्थापन गर्न प्रतिनिधी सभा सदस्य उम्मेदवार बन्ने दौडमा रहेका झण्डै एक दर्जन नेताहरुलाई मुख्यमन्त्रीको आश्वासन दिँदै प्रदेश सभामा निर्वाचन लडन प्रधानमन्त्री देउवाले दबाब दिन थालेका छन ।

कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति पुर्वमन्त्री बिरबहादुर बलायरलाई प्रदेश सभामा प्रतिष्प्रर्धा गरेर मुख्यमन्त्री बन्न सुझाव दिएका प्रधानमन्त्री देउवाले डोटीकै अर्का नेता भरतबहादुर खडकालाई पनि मुख्यमन्त्री बनाउने आश्वासन दिएको नेपाली काँग्रेस डोटीका नेताहरु बताउछन । डोटीमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आले मगरलाई प्रतिनिधी सभा सदस्यको उम्मेदवार बनाउन देउवाले आफ्नो पार्टीका नेताहरुलाई प्रदेश सभामा प्रतिष्प्रर्धा गर्न निर्देशन दिएका हुन । आजको नेपाल समाचारपत्र दैनिकमा राम धामीले यो समाचार लेखेका छन ।

 

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : ३९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम