२९ मंसिर २०८२, सोमबार | December 15, 2025

क्यानडामा छुरा प्रहारमा १० जनाको मृत्यु, एक दर्जन घाइते



एजेन्सी । क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ । छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ ।

पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका थिए । स्थानीयहरुलाई सुरक्षित स्थानमा रहन भनिएको छ ।

‘सुरक्षित स्थान नछोड्नुहोस् । अरूलाई आफ्नो निवासमा ल्यानुअघि सावधानी अपनाउनुहोस् रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) सास्काचेवानले ट्वीट गरे ।

जेम्स स्मिथ क्री नेसनमा आपतकाल घोषणा गरिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदयविदारक’ भनेका छन् ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ७ : १८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले