१६ माघ २०८२, शुक्रबार | January 30, 2026

नेपाली पर्यटकलाई विदेशमा सहज घुम्न पाउने व्यवस्था गर्न नाट्टाको माग



काठमाडौं । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाली पर्यटकलाई विदेशमा सहज रुपमा घुम्न पाउने व्यवस्था गर्न माग गरेको छ ।

नाट्टाका अध्यक्ष रमेश थापाले आज एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले हालसालै जारी गरेको ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमतिसम्बन्धी कार्यविधि–२०७९’ ले नेपाली पर्यटकलाई विदेश भ्रमणमा जान निषेधात्मक प्रावधान राखेको भन्दै त्यसलाई सच्याएर सहजरुपमा विदेश घुम्न पाउने व्यवस्था गर्न माग गरेका हुन् ।

सरकारले ल्याएको कार्यविधिले नेपाली पर्यटकको स्वतन्त्रतापूर्वक घुमफिर गर्न पाउने नैसर्गिक अधिकारलाई चुनौती दिएको नाट्टाले बताएको छ । “गैरकानुनी तवरबाट नेपाली नागरिकलाई विदेश लैजाने र अलपत्र पार्ने घटना नियन्त्रणमा सरकारले गरेको काममा नाट्टाको समर्थन रहेको छ, तर विदेश भ्रमणमा जान चाहने पर्यटक र भ्रमण व्यवस्थापन गर्ने पर्यटन व्यवसायीलाई निषेध र हतोत्साहित गर्ने नियतका साथ ल्याइएको कार्यविधिले पर्यटक व्यवसायी मर्कामा परेका छन्”, नाट्टाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

नाट्टाले नेपाली पर्यटक गन्तव्य देशमा जानुपूर्व कम्तीमा दुई देशको भ्रमण गरेको हुनुपर्ने, गन्तव्य मुलुकको होटलको वेभसाइटमा खुल्नेगरी होटल बुकिङको प्रमाण पेस गर्नुपर्ने, ट्राभल्स एजेन्सीले तोकिएको मुलुकमा पर्यटक भिसामा भ्रमणमा जाने नेपाली पर्यटकको टिकट व्यवस्थापन गर्नुपूर्व अध्यागमन विभागबाट स्वीकृत लिनुपर्ने, आफ्नो एजेन्सीमार्फत पर्यटक भिसामा गएका पर्यटकलाई तोकिएको मितिमा नेपाल फर्काउने र त्यसको प्रतिवेदन अध्यागमनमा पेस गर्नुपर्ने बाध्यकारी व्यवस्था पर्यटन व्यवसायी विरोधी प्रावधान भएको बताएको छ ।

अध्यक्ष थापाले पर्यटन व्यवसायी र सम्बन्धित सङ्घ संस्थाबीच छलफल नगरी ल्याएको कार्यविधिले नेपालको पर्यटन क्षेत्रको विकास हुन नसक्ने भन्दै यसलाई तत्काल फिर्ता लिन माग गर्नुभयो । नाट्टाले पर्यटकीय हिसाबले विदेश भ्रमणमा जान चाहने सबै नेपाली पर्यटक र भ्रमण व्यवस्थापन गर्ने ट्राभल्स एजेन्सी गैरकानुनी उद्देश्यबाट प्रेरित हुन्छन् भन्ने भाव झल्कने गरी ल्याइएको कार्यविधि अगाडि नबढाउन सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ३ : ०४ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र