३ चैत्र २०८२, मंगलबार | March 17, 2026

काबुल भएको विस्फोटमा रुसी दूताबासका कर्मचारीसहित ६ जनाको मृत्यु



एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा परेर रुसी दूतावासका दुई कर्मचारीसहित ६ जनाको मृत्यु भएको रसियाली र तालिवान अधिकारीहरूले बताएका छन् ।

सोमबार भएको उक्त हमलामा दूतावासका कर्मचारीसहित कन्सुलरमा सेवा लिन पर्खिएका चार जना अफगानीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

आक्रमणमा अन्य केही मानिस घाइते भएका छन् । आक्रमणको जिम्मा अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटले जनाएको छ ।

आक्रमणमा एक कूटनीतिज्ञ र दूतावासका सुरक्षा गार्ड घाइते भएका रुसी सरकारी सञ्चार माध्यम आरआईएले पुष्टि गरेको छ । कन्सुलर शाखामा पुगेका आक्रमणकारीलाई सुरक्षाकर्मीले गोली हानेको अधिकारीहरूले बताएका छन् ।

सन् २०२१ को अगस्टमा तालिवान सत्तामा पुगेपछि अफगानिस्तानमा विदेशी मिसनमाथि हमला गरेको यो पहिलो पटक हो । यसअघि तालिबानले सो हमलामा कम्तीमा १० जना घाइते भएका जनाएको थियो ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ७ : ११ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन