९ असार २०८३, मंगलबार | June 23, 2026

पूर्वराष्ट्रपति यादव भन्छन् – कांग्रेस रामराम भन्ने अवस्थामा आइसकेको छ



काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली काँग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
बिहीवार काठमाडौंमा भएको बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता प्रकट गरेका हुन् । यादवले नेपाली काँग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नुशिवाय अरु नरहेको उल्लेख गरे । उनले विपीका राजनीतिक चिन्तनहरु अध्ययन गर्ने फुर्सद कुनै राजनीनितक कार्यकता र नेताहरुलाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए ।

यादवले काँग्रेस पार्टीमा रहेर पसिना बगाउनको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको पनि बताए । उनले समानुपातिकबाट सांसद बन्नको लागि टिकट बिक्रीको चलखेल हुने गरेको पनि बताए । पूर्व राष्ट्रपति यादवले स्थानीय निर्वाचनमा वडा र पालिकाहरुमा टिकट बिक्री भएको दाबी गर्दै पार्टीमा विधि र आदर्शको पालना र सम्मान हुन छोडेकोप्रति चिन्ता व्यक्त गरे । उनले काँग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरु पार्टीसँग मिलेर अंशबण्डा गर्नु लज्जाको विषय भएको बताए ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ३ : ४५ बजे

नगरकोटमा झैझगडाका क्रममा चक्कु प्रहार, एक युवकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका-१ स्थित नगरकोटमा सामान्य विवादका क्रममा भएको

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले

कतारको ग्यास प्लान्ट विस्फोटमा नेपालीसहित ६६ बढी घाइते, १३ जनाको मृत्यु

काठमाडौं । कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा

सेनेगललाई हराउँदै नर्वेले गर्‍यो नकआउट चरण यात्रा तय

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा

मनसुन विस्तारसँगै अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही ठाउँमा तातो लहर कायम

काठमाडौं । देशभर मनसुन विस्तार हुने क्रम जारी रहेसँगै अधिकांश