१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच ईसीएस सेवा सम्झौता



काठमाडौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंक–बीवाईडीबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंक– बीवाईडीका सहायक महाप्रबन्धक आकाश विक्रम थापाले हस्ताक्षर गरेका छन्।

आइएमई जनरल इन्स्योरेन्सबाट बीवाईडी ब्रान्डका सवारीसाधनको बीमा गरेका ग्राहकले कुनै पनि किसिमको दुर्घटना परी सवारीसाधनको क्षति भएमा नक्सालस्थित साइमेक्स इंकको सहकार्यमा विभिन्न सेवा सहज प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको छ।

साइमेक्स इंकबाट बिक्रीवितरण हुने बीवाईडी ब्रान्डका सम्पूर्ण सवारीसाधनको बीमा आइएमई जनरल इन्स्योरेन्स गर्ने र बीमापश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सोको सहज र सरल तरिकाबाट नगदरहित दाबी भुक्तानी गर्ने गरी दुवै कम्पनीबीच सम्झौता भएको छ।

कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारीसाधनको दुर्घटना हुन गई सवारीसाधन क्षतिग्रस्त भई मर्मतसम्भार गर्नुपर्ने भएमा साइमेक्स इंकको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारीसाधन मर्मतसम्भारका लागि लगिएमा सो मर्मतसम्भारबापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंकलाई सीधै भुक्तानी गरी लामो दाबी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको छ।

आइएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोबाइल नम्नर ९८५१३३२११३ मा फोन, एसएमएस, भाइबर, ह्वाट्सएपमार्फत दुर्घटनाको जानकारी गराउन सकिनेछ।

सवारीसाधन बीवाईडीको सर्भिस सेन्टरमा पुर्याएपश्चात दुर्घटनाग्रस्त सवारीको जाँच गरी सवारीधनीलाई कुन मितिमा सवारीसाधन फिर्ता गर्ने सो मितिको जानकारी दिइनेछ। मर्मतसम्भारपश्चात बीमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सीधै बीवाईडी कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमाभन्दा माथिको रकम सम्बन्धित सवारीसाधनधनीले भुक्तानी गर्ने गरी सोको जानकारी सम्बन्धित सावारीधनीलाई गराइनेछ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ४ : ५४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले