२८ माघ २०८२, बुधबार | February 12, 2026

आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच ईसीएस सेवा सम्झौता



काठमाडौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंक–बीवाईडीबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंक– बीवाईडीका सहायक महाप्रबन्धक आकाश विक्रम थापाले हस्ताक्षर गरेका छन्।

आइएमई जनरल इन्स्योरेन्सबाट बीवाईडी ब्रान्डका सवारीसाधनको बीमा गरेका ग्राहकले कुनै पनि किसिमको दुर्घटना परी सवारीसाधनको क्षति भएमा नक्सालस्थित साइमेक्स इंकको सहकार्यमा विभिन्न सेवा सहज प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको छ।

साइमेक्स इंकबाट बिक्रीवितरण हुने बीवाईडी ब्रान्डका सम्पूर्ण सवारीसाधनको बीमा आइएमई जनरल इन्स्योरेन्स गर्ने र बीमापश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सोको सहज र सरल तरिकाबाट नगदरहित दाबी भुक्तानी गर्ने गरी दुवै कम्पनीबीच सम्झौता भएको छ।

कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारीसाधनको दुर्घटना हुन गई सवारीसाधन क्षतिग्रस्त भई मर्मतसम्भार गर्नुपर्ने भएमा साइमेक्स इंकको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारीसाधन मर्मतसम्भारका लागि लगिएमा सो मर्मतसम्भारबापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंकलाई सीधै भुक्तानी गरी लामो दाबी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको छ।

आइएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोबाइल नम्नर ९८५१३३२११३ मा फोन, एसएमएस, भाइबर, ह्वाट्सएपमार्फत दुर्घटनाको जानकारी गराउन सकिनेछ।

सवारीसाधन बीवाईडीको सर्भिस सेन्टरमा पुर्याएपश्चात दुर्घटनाग्रस्त सवारीको जाँच गरी सवारीधनीलाई कुन मितिमा सवारीसाधन फिर्ता गर्ने सो मितिको जानकारी दिइनेछ। मर्मतसम्भारपश्चात बीमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सीधै बीवाईडी कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमाभन्दा माथिको रकम सम्बन्धित सवारीसाधनधनीले भुक्तानी गर्ने गरी सोको जानकारी सम्बन्धित सावारीधनीलाई गराइनेछ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ४ : ५४ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी