४ आश्विन २०८३, आइतबार | September 21, 2026

रविलाल पल्लवी थापा स्मृतिग्रन्थ विमोचन



बुटवल । बुटवलमा रविलाल पल्लवी थापा स्मृतिग्रन्थ विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भयो । रवि पल्लवी प्रतिष्ठानका संरक्षक हरिबहादुर थापाको अध्यक्षता तथा प्रा. डा. राजाराम उपाध्याय सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वर्गीय रविलाल थापाका कान्छा सुपुत्र प्रा. डा. बुद्धबहादुर थापा प्रधान सम्पादक रहेको उक्त स्मृतिग्रन्थ विमोचन भएको हो।

विमोचनको अवसरमा बोल्दै प्रा.डा. इतिहासविद राजाराम सुवेदीले रविलाल एक व्यक्ति मात्रै नभएर गुल्मीको विकास निर्माणका निम्ति वटवृक्ष भएको चर्चा गरे ।

गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डा. नारायणप्रसाद पन्थले रविलाल थापा गुल्मीको समग्र विकासका निम्ति प्रेरणाका स्रोत भएको र उहाँले देखाउनु भएको मार्गमा हिड्न सकेमा हाम्रो समाज रूपान्तर हुने बताए ।

सहप्राध्यापक लिलाबहादुर क्षेत्रीले आफु गुल्मी हुँदादेखि नै प्रतिपक्षमा रहेको तर रविलाल थापा गुल्मीको विकासका चिन्तक भएको बताए ।

गुल्मी साविक पौदि अमराइमा जन्मिएका थापा १७ वर्षको कलिलो उमेरमा बृटिस सेनामा भर्ती भएका थिए । स्वर्गीय थापा दोस्रो बिश्व युद्दमा बृटिस भारतबाट युद्दमा सहभागी हुँदा जापानमा ४ वर्ष युद्धबन्दी समेत भएका थिए । पल्टनबाट गुल्मी फर्केपछि पौदीअमराईमा लामो समय प्रधानपन्च हुँदै तत्कालीन जिल्ला पञ्चायतका सभापति, जिल्ला विकास समितिका सभापति भएका थिए ।

स्वदेस फिर्ता भएपछि गुल्मीमा मिडिल स्कुलको स्थापना तथा रेसुङ्गा क्याम्पस गुल्मीको स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थापा धेरै वर्ष क्याम्पस व्यवस्थापन समिति अध्यक्ष पनि भएका थिए ।

गोर्खा दक्षिण बाहु २०४२ , राष्ट्र सेवा पदक २०५२ लगायत दर्जन बढी सम्मान र पुरस्कार प्राप्त गर्नुभएका थापा सबैको प्रेरणाका श्रोत भएको विमोचन कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए ।

उक्त कार्यक्रममा स्वर्गीय थापाकी कान्छी बुहारी आशा थापाले स्मृतिग्रन्थमा प्रकाशित लेखकहरुको सङ्क्षिप्त परिचय प्रस्तुत गरेकी थिइन् भने स्वर्गीय थापाका कान्छा सुपुत्र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेपाल प्राध्यापक सङ्घका निवर्तमान अध्यक्ष प्राध्यापक डा. बुद्धबहादुर थापाले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  १० : २१ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन