२२ मंसिर २०८२, सोमबार | December 8, 2025

गठबन्धन टुटाउने षड्यन्त्र सफल हुँदैन : देउवा



चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको भैरहेको बताएका छन् । नेपाली कांग्रेस चितवनद्वारा आज यहाँ आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवं विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन कुनै हालतमा नटुट्ने बताए । उनले भने, “गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।”

देउवाले गठबन्धनको विरोधमा नबोल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह पनि गरे । गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिध्याउने षड्यन्त्र भएको जनाउँदै देउवाले भने, “बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिध्याएर के हुन्छ । यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।”

उनले गठबन्धन गर्दा पार्टीलाई बढीभन्दा बढी फाइदा हुने गरी लाग्नुपर्नेमा जोड दिए । उनले भने “गठबन्धनमा बढीभन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौँ, तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन । यसमा ठूलो सहयोग भएको छ । गठबन्धन तोड्ने कुरा गर्नुहुँदैन ।”

गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको जनाउँदै प्रधानमन्त्री देउवाले गठबन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अवसर फेरि पनि प्राप्त हुने बताए । उनले पार्टीका नेता तथा कार्यकर्तालाई एकढिक्का भएर निर्वाचनमा होमिन आग्रह गरे ।

गठबन्धन भएर सरकार बनेकै कारण नेकपा ९एमाले०को एकलौटी अन्त्य भएको देउवाले जिकिर गरे । उनले भने, “उनीहरुको एकलौटी चलेको छैन, मनोपोली चलेको छैन ।”

हिजो बाहिर हुँदा तत्कालीन एमालेको सरकारले गरेको क्रियाकलापको स्मरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले गठबन्धन अघि बढ्दै गर्दा सबै ठाउँमा कांग्रेसको सरकार बन्ने सम्भावना रहेको बताए। देउवाले भने“हिजोको अवस्था कस्तो थियो । ओली सरकारलाई हटाउनुप¥यो, हटाउनुप¥यो भनेको होइन सबैले ।”

प्रधानमन्त्री देउवाले भने “अहिले यो हुँदैन, त्यो हुँदैन भन्नु हुँदैन । कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउन गठबन्धन आवश्यक छ, भ्रमको पछाडि नलाग्न पनि आग्रह गर्दछु ।”

देउवाले वर्तमान सरकारले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भएरहित वातावरणमा सम्पन्न गरेको र अगामी मङ्सिरमा हुने प्रदेश र सङ्घको चुनाव पनि शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न हुने बताए र उनले सरकारले नेपालको संविधान कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको जानकारी दिए ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले पनि पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेकामा जोड दिए । खाणले भने, “कतिपयलाई रुचिकर नहुन सक्छ । पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन जरुरी छ ।” उनले विधिको शासन र संविधानको रक्षाका लागि गठबन्धन अघि बढेको बताए । वीपीको प्रजातान्त्रिक समाजवादको सान्दर्भिकता अझै बढेर गएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  ४ : ३५ बजे

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द

एनपिएल : आज कुनै पनि खेल नहुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विश्राम

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा