३ आश्विन २०८३, शनिबार | September 19, 2026

फुटपाथ खाली गराउन तात्यो बुटवल उपमहानगर, ३ दिन भित्र फुटपाथ र सडक अतिक्रमण खाली गर्न सूचना जारी



बुटवल । देशका अधिकांस महानगर र उपमहानगरले अनाधिकृत अतिक्रमण हटाउने अभियान थालेपछि बुटवल उपमहानगरले पनि सडक क्षेत्राधिकारभित्र अव्यवस्थित रुपमा रहेका निर्माण समाग्री, पसल, ठेला, सवारी पार्की तथा वर्कशपहरु हटाउन सूचना जारी गरेको छ । उपमहानगरले शुक्रबार एक सूचना जारी गर्दै ३ दिन भित्रमा सडक तथा पुटपाथ खाली गर्न भनेको छ ।

‘बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर र वस्नयोग्य बुटवल शहर बनाउनका लागि गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरु समेतमा सडकको क्षेत्राधिकार, सडक पेटी चोक चौराहामा अव्यवस्थित रुपमा रहेका ठेला, टंकी, बजार, निर्माण सामग्री, सवारीपार्किङ, वर्कसप लगायतका सामानहरु राखि अवरोध गर्ने गरेको देखिएकोले आजका मितिले ३ दिन भित्र खाली गरिदिनुहुन अनुरोध छ ।’–जारी सूचनामा उल्लेख गरिएको छ ।

प्राय महानगर, उपमहानगर र नगरपालिकाहरुमा अतिक्रमण गरेर बनाईएका पक्की संरचनाहरु समेत भत्काउने काम भइसक्दा पनि बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डे भने बैकल्पिक व्यवस्था नहुँदा सम्म फुटपाथबाट व्यवसायीलाई नहटाउने भन्दै आएका थिए । जनस्तर र सामाजिक सञ्जालहरुमा ब्यापक आलोचना भएपछि भने बुटवल उपमहानगर पनि तातेको हो ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  ५ : १३ बजे

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग

अर्थमन्त्री वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा