३ आश्विन २०८३, शनिबार | September 19, 2026

चुनाव अघि माओवादी केन्द्रसँग पार्टी एकता सम्भव छैन : झलनाथ खनाल



पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा माओवादी केन्द्रसँग कार्यगत एकता हुने बताएका छन् । समाजवादी प्रेस सङ्गठनले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले निर्वाचन अघि पार्टी एकता सम्भव नभएको बताए ।

उनले आसन्न निर्वाचनमा दुई पार्टीको एउटै घोषणापत्रसहित चुनावी तालमेल हुन सक्ने बताउँदै आफु सधैं बाम गठबन्धन र कम्युनिष्ट एकताको पक्षमा रहेको स्पष्ट पारे । “विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले पनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर जान कुनै समस्या छैन ।” उनले भने । उनले केही वाम घटकका नेतृत्वमा रहेका नेताहरुले कम्युनिष्ट एकतामा रुचि नदेखाएको पनि उनले बताए ।

सत्ता गठबन्धनका दलकाबीच चुनावी तालमेलमा सिट बाँडफाँटमा ९० प्रतिशत सहमति भएको खुलासा गर्दै उनले ढिलोमा आगामी आइतबारसम्म सबैकुरा टुङ्गो लाग्ने बताए । नेता खनालले आगामी निर्वाचनमा राष्ट्रियताका लागि लड्ने उम्मेदवारलाई विजयी गराउनुपर्ने पनि बताए ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  १० : २४ बजे

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी