३ आश्विन २०८३, शनिबार | September 19, 2026

उम्मेदवार सिफारिस भएका सदस्यलाई पत्रकार महासंघ बाराले कारवाही गर्ने



बारा । नेपाल पत्रकार महासंघ बारा शाखाले आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार सिफारिस भएका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरूलाई कारवाही गर्ने भएको छ ।

पत्रकार महासंघको सदस्यता नत्यागी राजनीतिक दलबाट उम्मेदवार सिफारिस भएकोमा नेपाल पत्रकार महासंघ बाराले आपत्ति जनाएको हो ।

महासंघ बाराका अध्यक्ष रेशम तिवारीको अध्यक्षतामा शुक्रबार बसेको बठकले सिफारिस भएकोमा महासंघको ध्यानाकर्ष भएको जनाएको छ । महासंघको विधान २०६० [पाँचौँ संशोधन २०७६]ले प्रष्ट रूपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दलको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भनि उल्लेख छ ।

दलको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा समितिले निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ बाराले आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ३ : ५२ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब